२०८३ जेष्ठ १७, आइतवार

सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

सुनसरी, २६ साउन ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएका हुन्।

मृतकहरूको परिचय खुलिसकेको छैन। घाइतेहरूको इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खतिवडाले बताए।
 

गृहश्रमिकलाई कानुनी मान्यता दिन नेपाल सरकारको तयारी

काठमाडौं, २२ साउन । नेपाल सरकारले पहिलोपटक गृहश्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको हो।

मन्त्री भण्डारीले हालसम्म अनौपचारिक क्षेत्रमा रहेका गृहश्रमिकलाई औपचारिक श्रम प्रणालीमा ल्याउनु अत्यावश्यक रहेको धारणा व्यक्त गर्दै, त्यसअनुसार कानुनी आधार तयार गर्न प्रकृया थालिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार यो प्रक्रिया अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १८९ अनुसार अगाडि बढाइएको हो। नेपाल यस अभिसन्धीका पक्षधर भएको हुनाले गृहश्रमिकलाई कानुनी रुपमा मान्यता दिने व्यवस्था गर्न कानुन तयारी भइरहेको छ।

यद्यपि, श्रम ऐन २०७४ मा घरायसी श्रमिकसम्बन्धी विषय उल्लेख भए पनि समयसापेक्ष परिमार्जन आवश्यक ठहर गर्दै गृहश्रमिकको परिभाषा स्पष्ट गरी कानुनी रुपमा समेट्नेगरी ऐन संशोधन प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। घरायसी श्रमिक र गृहश्रमिक फरक फरक बिषय भएको हुनाले कानुनी रुपमा प्रष्ट हुने गरी संशोधन गरी परिमार्जन गरिनेछ । 

यसै सन्दर्भमा, अन्तर्राष्ट्रिय श्रम संगठनले आइएलओ १८९ कन्भेन्सन र श्रम ऐन २०७४ को ग्याप विश्लेषण गर्न एक परामर्शदाता नियुक्त गरेको छ। उक्त परामर्शदाताले विस्तृत अध्ययन गरी मन्त्रालयलाई प्रतिवेदन पेश गर्नेछ, जसको आधारमा आइएलओ १८९ कन्भेन्सन संसदमा अनुमोदनका लागि प्रस्तुत गरिने छ। कन्भेन्सन अनुमोदन भएपछि गृहश्रमिकलाई श्रम ऐनमा समावेश गरिनेछ।

नेपालको सन्दर्भमा घरायसी श्रमिकू र गृहश्रमिक बीचमा परिभाषागत अन्योल रहँदै आएको छ। केही श्रमिक समूहहरूले आफूलाई श्रम ऐनमा स्पष्ट रूपमा समेट्न माग गर्दै आएका छन्, जसको सम्बोधनका लागि सरकारले यो प्रक्रिया अगाडि बढाएको हो।

मन्त्रालयका अनुसार, गृहश्रमिक भन्नाले कुनै कम्पनीद्वारा नियुक्त भई तर घरमै बसेर सेवा पुर्‍याउने श्रमिकलाई जनाइन्छ। श्रम ऐनमा समेटिएपछि उनीहरूले पनि सरकारी न्यूनतम तलब, सेवा सुविधा र सामाजिक सुरक्षाका अन्य लाभहरू प्राप्त गर्ने छन्।

 आइएलओ कन्भेन्सन घरेलु कामदारहरूको श्रम अधिकार सुनिश्चित गर्नका लागि एक ऐतिहासिक दस्तावेज हो। यो कार्यान्वयन भएपछि लाखौं घरेलु कामदार (विशेषतः महिला) लाई श्रममा गरिमा, सुरक्षा र सामाजिक न्याय प्राप्त हुनेछ।

सरकारको यो कदमले अनौपचारिक क्षेत्रमा वर्षौंदेखि श्रम गरिरहेका श्रमिकहरूलाई न्याय दिलाउने विश्वास लिइएको छ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक

काठमाडाैं, २२ असार । यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक भएको छ।

निर्माण टिमले आज सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ।  पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्।  सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ।  पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन्।  प्रकाश केही रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन्।  यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।  

चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती ९असोज १३० गतेबाट प्रदर्शनमा आउंदैछ।  

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्।  कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्।  वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
 

रामहरी खतिवडालाई राजिनामा दिन प्रचण्डको सुझाव

काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् ।

हालै संसदवाट पारित भएको संघीय निजामती सेवा बिधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिका बारेमा बोल्दै उनले सभापति खतिवडाले राजिनामा दिनु पर्ने बताएका हुन् ।
  

आज राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको ‘विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रम’ मा बोल्दै सो राजिनामा मागेका हुन् । ‘रामहरिजी नैतिक जिम्मेवार ठहरिनुभएको छ, उहाँलाई नैतिक रूपमा सभापतिमा बस्ने आधार छैन्,’ उनले भने, ‘अब राजीनामा दिएर राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नुपर्छ।’ 

विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले पनि सभापतिको हैसियतमा खतिवडाले नैतिक जिम्मेवार लिनु पर्ने गरी प्रतिबेदन बुझाएको थियो । प्रचण्डले उक्त विधेकमाथि भएको त्रुटिको जिम्मेवारी खतिवडाले मात्र नभएर सिंगो सदनले लिनुपर्नेमा पनि जोड गरेका छन् ।
 

चिनले बनायाे रोबोटिक सिपाही, भन्यो, ‘अब युद्द मान्छेले होइन्, रोबोटले लडछ’

बेइजिङ,  चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ। 

हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए।

ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास हो। यसै प्रयासको एक भागको रूपमा हिजो चिनियाँ सेनाले ‘रोबोट उल्फ’सँग अभ्यास गर्‍यो।

सीसीटीभीले सार्वजनिक गरेको भिडियोमा ‘रोबोट उल्फ’लाई पहिले सिँढी चढ्न लगाइएको छ । ‘रोबोट उल्फ’हरू साधारण सिपाहीहरू जस्तै सजिलै सिँढीहरू चढ्छन्। त्यसपछि सिपाहीहरूले ‘रोबोट उल्फ’लाई पहाडमा लैजान्छन्। त्यहाँ पनि ‘रोबोट उल्फ’ले सहजै अपरेशन गरिरहेका छन् ।

यसपछि ‘रोबोट उल्फ’लाई हिउँ पर्ने क्षेत्रमा लगिन्छ । यहाँ पनि ‘रोबोट उल्फ’ले सर्वसाधारण सैनिकसँग कसरत गरेको देखिन्छ । यो अभ्यास सफल भएको बताइएको छ । पिएलएद्वारा ‘रोबोट उल्फ’को बारेमा चाँडै अपडेट जारी गरिनेछ।

सन् २०२४ मा पहिलो पटक चीनले आफ्नो कार्यक्रमा ‘रोबोट उल्फ’ समावेश गर्ने कुरा गरेको थियो । त्यतिबेला ‘रोबोट उल्फ’को तस्बिर पनि सार्वजनिक भएको थियो ।  क्यूबीजेड–१९१ असल्ट राइफल ‘रोबोट उल्फ’ भित्र सेट गरिएको थियो, ताकि यसले सजिलै गोली चलाउन सक्छ।

ग्लोबल टाइम्सका अनुसार ‘रोबोट उल्फ’को तौल करिब ७० किलोग्राम हुन्छ। चीनले यसलाई दुर्गम क्षेत्रमा लड्नका लागि बनाएको हो। यो ‘रोबोट उल्फ’ चाइना साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेशनले बनाएको हो । यसले सामान्य सिपाहीहरूसँगै आफ्नो सञ्चालन गर्न सक्छ।

चीनको अहिले जापान, फिलिपिन्स, ताइवान, भारतजस्ता देशसँग शत्रुता छ । यी देशहरूसँगको चीनको शत्रुता सीधै सीमासँग सम्बन्धित छ। उही समयमा चीन अमेरिका र बेलायतजस्ता देशहरूसँग प्रभुत्वको लागि लडिरहेको छ।

प्रधानमन्त्री र तुर्केमिस्तानका राष्ट्रपति बिच भेटबार्ता

तुर्कमेनिस्तान, २१ साउन । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका  राष्टपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ । 
 


 

प्रधानमन्त्रीले गरे बैठकको सह अध्यक्षता

तुर्कमेनिस्तान, २१ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यकाे सहजीकरण  र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबलको सहअध्यक्षता गरेका छन्  ।

मुलुक जोगाउन बलियो राष्ट्रबादी शक्ति आबश्यकः कमल थापा

काठमाडौं, २० साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , बिकृति र बिसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रबादी शक्ति आबश्यक भएकोमा जोड दिएका छन । 

पार्टीद्वारा काठमाडौं–१ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले २०६२ ÷०६३ को मार्गचित्र गलत र त्रुटिपूर्ण भएको तथा पुर्णत असफल भएको समेत दाबी गरेका छन् ।

देश र जनताले नयाँ बैकल्पिक शक्तिको खोजी गरेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले देशको हित गर्नै नसक्ने ठोकुवा समेत उनले गरेका छन् । 

उनले कुशासन, भ्रष्टाचार, बेरोजगारी, महङ्गी, धर्म परिबर्तनलाई रोक्न एकपटक जनता जुरुक्क उठ्नुपर्नेमा जोड दिदै आन्दोलनको बाताबरण निर्माण गर्नुपर्ने आबश्यकता औल्याएँ। 

कार्यक्रममा तारानाथ लुइँटेल, श्याम घिमिरे, पुष्पा खरेल भट्ट, उज्वल पोखरेल लगायतले बोलेका थिए । प्रशिक्षण उपत्यकाको १५ वटै क्षेत्रमा सघन रूपमा संचालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
 

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारीः अर्थमन्त्री पौडेल

काठमाडौं,  २० साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन ।

प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भने, ‘नेपालको संगठीत र सघन प्रयासहरुको परिणामस्वरुप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनेछ ।’

अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा कार्ययोजनाहरु दराजमा थन्काउन नभै कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारेको बताए ।

अर्थमन्त्री पौडेलले ग्रे लिष्टबाट बाहिर निकाल्नका लागि सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताए ।

त्यसैगरी सम्पत्ती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली २०८१ जारी गरी कार्यान्वयनमा आएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी रणनीति तथा कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी गराए ।

शिघ्रातिशीघ्र मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले ग्रे लिस्ट बाट बाहिरिने शीध्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्वीकृत गरी कार्यान्वयनमा आएको, एसिया प्यासिफिक ग्रुपबाट प्राप्त रि रेटिङको रिपोर्टिङ ढाँचामा प्रतिवेदन गरी फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको अर्थमन्त्रीको भनाइ छ। 

अर्थमन्त्री पौडेलले सम्पत्ती शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने वस्तु व्यवसायी (सूचक संस्था) लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको पनि सदनलाई जानकारी गराए ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा घर जग्गा कारोबार सम्बन्धी (सूचक संस्था) लाई जारी गरेको निर्देशका २०८२ कार्यान्वयनमा रहेको छ । 

त्यस अतिरिक्त सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनले गठन गरेको निर्देशक समिति र समन्वय समितिका अतिरक्त रणनीति तथा कार्ययोजना २०८१–२०८६ अवधि भरका लागि ४ वटा कार्यान्वयन समन्वय संयन्त्र गठन गरी समन्वय, सहजीकरण, अनुगमन र निर्देशनसम्बन्धी कार्य भइरहेको पनि अर्थमन्त्री पौडेलले सदनलाई जानकारी गराए ।
 

सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो

काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।