२०८३ जेष्ठ १७, आइतवार

कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

काठमाडौं, २० साउन । कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ।

बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा ल्न् प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विषयमा ल्न् वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।

परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जानकारी बोर्डले दिएको छ।

पात्र विद्यार्थीहरूलाई तोकिएको समयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ। विस्तृत जानकारीका लागि परीक्षा बोर्डको वेबसाइट वा सम्बन्धित विद्यालयमार्फत सम्पर्क गर्न सकिनेछ।

आशा लघुवित्तको नाफा तीन गुणा वृद्धि, वित्तीय आधार बलियो

काठमाडौं, १९ साउन । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यस अवधिमा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको नाफा (६ करोड रुपैयाँ) को तुलनामा झण्डै २४८ प्रतिशतको वृद्धिदर हो।
संस्थाको मुख्य आय स्रोत — कुल खुद ब्याज आम्दानी — ६७.४७ प्रतिशतले वृद्धि भई ७३ करोड ८८ लाख रुपैयाँमा पुगेको छ। गत वर्ष सोही अवधिमा यो आम्दानी ४४ करोड ११ लाख रुपैयाँ मात्र थियो।

सञ्चालन मुनाफा पनि उल्लेखनीय रुपमा बढेर ८ करोड ४९ लाख रुपैयाँबाट ३० करोड १७ लाख रुपैयाँमा पुगेको छ, जुन २५५ प्रतिशतभन्दा बढी वृद्धिदर हो।

चुक्ता पूँजीमा १४.२५ प्रतिशतले वृद्धि हुँदै यो ७३ करोड ३० लाख रुपैयाँ पुगेको छ। संस्थाको जगेडा कोष पनि १३.८६ प्रतिशतले बढेर ३७ करोड ७ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२.७० प्रतिशतले बढेको हो।

कम्पनीको कर्जा प्रवाह १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३५ प्रतिशतले बढेको हो। ग्राहक निक्षेप १४.५४ प्रतिशतले वृद्धि भई ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने ऋण संकलन ६ अर्ब ४५ करोड रुपैयाँमा पुगेर ०.९३ प्रतिशतको वृद्धिदर देखिएको छ।

जोखिम नियन्त्रणतर्फ पनि संस्थाले सुधार देखाएको छ। निष्क्रिय कर्जा अनुपात (NPL) ४.८१ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ। त्यस्तै, फण्डको लागत पनि ८.४४ प्रतिशतबाट घट्दै ७.१३ प्रतिशतमा झरेको छ। यद्यपि, पूँजी पर्याप्तता अनुपात भने १०.११ प्रतिशतबाट घटेर ९.९७ प्रतिशतमा झरेको छ।

प्रति सेयर आम्दानी (EPS) ९ रुपैयाँ ३७ पैसाबाट बढेर २८ रुपैयाँ ५५ पैसामा पुगेको छ भने प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा कायम भएको छ। कम्पनीको पीई रेसियो ३१.३८ गुणा रहेको छ र हालको बजार मूल्य प्रति सेयर ८९५ रुपैयाँ ८१ पैसा छ।

अझ सशक्त लाभांश क्षमता, कम हुँदै गएको जोखिम र मजबुत सञ्चालन आम्दानीको कारण आशा लघुवित्तको समग्र वित्तीय अवस्था मजबुत दिशातर्फ उन्मुख देखिन्छ।

एक अफ्रिकी जनजाती जो ८० बर्षमा पनि सन्तान जन्माउँन सक्षम, खुल्यो रहस्य

काठमाडौं, १९ साउन । तान्जानिया, पूर्वी अफ्रिकाको एक देश, यसको अद्वितीय जनजाति र परम्पराहरूको लागि परिचित छ। यहाँका मसाई, माकोन्डे, मनाती जस्ता जनजातिहरु विगत ५ हजार वर्षदेखि पुरानो जीवनशैलीमा बाँचिरहेका छन् ।

यहाँका पुरुषहरू ८० वर्षको उमेरमा पनि १० सन्तान जन्माउन सक्षम छन् भन्ने चकित पार्ने दावी यी आदिवासीहरूका बारेमा गरिएको छ। आखिर के हो यसको रहस्य ? उनीहरुको अनौठो जीवनशैली र परम्पराको बारेमा जानकारी गरौं ।

यी आदिवासीहरूको सबैभन्दा विशेष कुरा भनेको उनीहरूको खानपान हो। हामीले बिहान चिया वा कफी पिएर सुरु गर्दा यी मानिसहरूले सिधै तातो जनावरको रगत पिएर दिनको सुरुवात गर्छन्। पोर्ट्सका अनुसार यी मानिसहरू प्रोटिन र भिटामिनले भरिपूर्ण ताजा जनावरको मासु खान रुचाउँछन्। यही कारणले गर्दा उनीहरुको स्ट्यामिना आम मानिसको तुलनामा धेरै हुन्छ।

यी मानिसहरू आफ्नो प्रतिरक्षा प्रणालीको लागि जनावरको रगत राम्रो मान्छन्। यसबाहेक यो ह्याङ्गओभर वा नशा कम गर्न पनि प्रयोग गरिन्छ। यिनीहरूको मुख्य पेशा गाई पालन हो। यिनीहरू यति बहादुर छन् कि सिंह र चितुवा जस्ता जङ्गली जनावरहरूसँग पनि लड्छन् । तिनीहरूले जनावरको छाला ओछ्यानको रूपमा प्रयोग गर्छन्।

यी जनजातिहरूको परम्परा धेरै फरक छ। यहाँका महिलाहरूले कम्मरको तल्लो भाग लुगाले छोप्छन् भने माथिल्लो भाग खुला रहन्छ । सबैभन्दा अचम्मलाग्दो कुरा के छ भने यी महिलाहरूले आफ्ना साथीहरूलाई भेट्दा एकअर्कालाई थुक्छन्। यो उनीहरूको लागि माया र सम्मान व्यक्त गर्ने विशेष तरिका हो। यति मात्र होइन, नवजात शिशुलाई पनि यसैगरी थुकेर आशिर्वाद दिन्छन् ।

यी जनजातिहरूको जीवनशैली र परम्पराले हामीलाई बताउँछ कि विश्वको विकासको बाबजुद पनि केही समुदायहरू आफ्नो जरा र पुरातन तरिकामा दृढ रूपमा जोडिएका छन्।
 

अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो ‘ओरासोनिक हाइपरसोनिक मिसाइल

मस्को, १८ साउन । अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना रहेको पनि बताएका छन् ।

यो घोषणाले युरोपको लागि सुरक्षा जोखिम बढाउँने भन्दै चिन्ता ब्यक्त गरिएको छ । ओरेसनिक मध्यम दुरीको ब्यालेस्टिक मिसाइल आधिकारिक रूपमा रुसी सेनामा सामेल भएको छ, पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भलाम टापुमा भने। उनले पुष्टि गरे कि बेलारुसमा यसको तैनाथी साइटहरू पहिले नै चयन गरिएको छ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको उपस्थितिमा पुटिनले भने, ‘तयारीको काम जारी छ र सम्भवतः हामी यो वर्षको अन्त्यसम्म पूरा गर्नेछौं।’ रुसले गत वर्ष नोभेम्बरमा युक्रेन युद्धमा ओरेस्निक मिसाइल प्रयोग गरेको थियो, जब त्यसले निप्रोमा रहेको मिसाइल कारखानालाई निशाना बनाएको थियो। रुसी सेनाका अधिकारीहरुका अनुसार ओरेश्निक मिसाइल परम्परागत र आणविक दुवै हतियार बोक्न सक्षम छ ।

रुसको नयाँ मिसाइलले म्याच १० ले १२३४८ किमी प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ, जुन पश्चिमी मिसाइल प्रतिरक्षा प्रणालीलाई चकित पार्न पर्याप्त छ। पुटिनले आफ्नो हतियारलाई लक्ष्यमा खस्नबाट रोक्न नसकिने दाबी गरे। उनले भने कि यसका धेरै हतियारहरू यति शक्तिशाली छन् कि ती मध्ये धेरैलाई परम्परागत आक्रमणमा प्रयोग गर्नु आणविक आक्रमण जस्तै विनाशकारी हुन सक्छ। 

यो मिसाइलले युरोपका हरेक देशलाई निशाना बनाउन सक्छ । यद्यपि, केही विशेषज्ञहरूले यसलाई रूसी मिसाइल, रुबेज २६ को प्रतिस्थापन नाम भनेका छन्। 

यस अवधिमा पुटिनले नाटोलाई पनि धम्की दिए कि यदि उनीहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू उपलब्ध गराएमा ओलेस्निक मिसाइल उनीहरूको विरुद्धमा प्रयोग गर्न सकिन्छ। उनले भने, ‘हामीले पश्चिमालाई चेतावनी दिइरहेका छौं । यदि कीभले रूसलाई आक्रमण गर्न नेटोद्वारा आपूर्ति गरिएको मिसाइलहरू प्रयोग गर्दछ भने हामी ओरेस्निक जस्ता प्रणालीहरू प्रयोग गरेर युक्रेन बाहिर जवाफ दिन सक्छौं।’

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं, १६ साउन – पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड (NIIFL) ले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

यस सेयर निष्कासनको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। हालै सम्पन्न सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र फण्डका अध्यक्ष मनिष थापाबीच हस्ताक्षर भएको हो।

NIIFL नेपालमा स्थायी पूँजी साधन (Permanent Capital Vehicle) मार्फत पूर्वाधारमा लगानी गर्ने प्रमुख संस्था हो, जसको व्यवस्थापन ग्लोबल इक्विटी फण्डले गर्दै आएको छ। ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट अनुमोदित पहिलो प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्ड व्यवस्थापक हो।

संस्थाले स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी, जलविद्युत, सूचना प्रविधि, कृषि, आतिथ्यलगायतका पूर्वाधारमुखी क्षेत्रमा कार्यरत कम्पनीहरूमा पूँजी लगानी गर्दै आएको छ।

NIIFL मा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सलगायतका बीमा कम्पनीहरूसँगै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरी प्रवर्द्धकका रूपमा आवद्ध छन्।

एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेजबीच सम्झौता, ग्राहकलाई लेमोन ट्री प्रिमियरमा विशेष छुट

काठमाडौं, १६ साउन ।  एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच लेमोन ट्री प्रिमियर होटल, बुढानीलकण्ठमा सेवा लिने क्रममा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर होटलमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट पाउनेछन्। छुट अन्तर्गत आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको छुट उपलब्ध गराइनेछ।

सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख श्री बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर श्री मनोज कुमार थापाले हस्ताक्षर गर्नुभएको छ।

ग्राहकहरूले उक्त छुटको लाभ लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधासम्पन्न सेवा प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौं, १६ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । 

आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ५५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय १६ रुपैयाँ रहेको छ ।