२०८३ जेष्ठ १७, आइतवार

टंकमणीजीले युद्वकालमा सप्लाई बिभागको जिम्मेवारी राम्रो गर्नु भा थियो: प्रचण्ड

िबुटवल, १५ भदौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् ।

आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो ।

सो अवसरमा “टंकमणि : एक क्रान्तिबीज” पुस्तकको विमोचन पनि गरिएको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गरे । उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए।

प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गरे।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए । उनले उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको र परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरले कदर गरेको जिकिर गरे ।

पाण्डेले आफूहरू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताको उपस्थिति थियो ।

स्व. टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

दुर्गम जिल्लामा सिभिल ईन्जिनियर पढाइ सुरू, ५५ जना भर्ना

खड्क सुनार 

मुगु, १५ भदौं । हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनकाे उद्घाटन गरिएको छ ।

आईतवार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारको पठनपाठनको उद्घघाटन गर्नुका साथै पठन पाठनको शुभारम्भ गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्राविधिक धार सिभिल इन्जिनियर शिक्षाको आरम्भसँगै मुगुमा दक्ष जनशक्ति उत्पादन हुन सके यस जिल्लाको विकास निर्माण लगायतको कार्यमा उपयोगी हुने बताए ।

मन्त्री शाहीले युवालाई प्राविधिक शिक्षा दिन सकिएमा रोजगारीका अवसर सिर्जना हुने र विदेश पलायनमा समेत कमी आउने उल्लेख गरे ।

उनले यस धारबाट निस्कने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्य संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री कर्णाली प्रदेश सभा सदस्य मंगल बहादुर शाहीले यो ऐतिहासिक कदमसँगै मुगुमा शिक्षाको गुणस्तर मात्र नभई आर्थिक, सामाजिक र भौतिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले मुगुमा प्राविधिक शिक्षाको आधार निर्माण भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक भएको बताए ।

अबका दिनमा विद्यार्थीले अध्ययन गरेर सिधै व्यवहारमा ज्ञान उपयोग गर्न सक्ने उनको भनाई छ ।

त्यसैगरी छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सिभिल इन्जिनियरिङ विषय सुरु हुनु नगरकै लागि गर्वको कुरा भएको बताए । उनले स्थानीय तहले सम्भव भएसम्म विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले अहिले पहिलो वर्ष ३० लाख बजेट व्यवस्थापन गरेको र यो आवश्यक अनुसार बढ्दै जाने बताए । उनका अनुसार आजका दिनसम्म प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता थियो । अब भने घरमै बस्दै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्न सकिने नगरप्रमुख भामले बताए ।

सिभिल इन्जिनियरिङ धार सुरु भएपछि मुगु जिल्लाका विद्यार्थीले राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

यससँगै स्थानीयस्तर मै दक्ष जनशक्ति उत्पादन हुने र जिल्लाका विकास निर्माणका काममा गति आउने विश्वास लिइएको नगरप्रमुख भामकाे भनाई छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र मल्लले विद्यालयमा नयाँ धार सुरु हुनुलाई ऐतिहासिक उपलब्धि भन्दै विद्यार्थीलाई अनुशासित, दक्ष र जिम्मेवार प्राविधिक जनशक्ति बनाउन विद्यालय प्रतिबद्ध रहेको बताए । उनले अभिभावक र सरोकारवालालाई यस धारलाई सफल बनाउन सहकार्य गर्न आग्रह गरे ।

महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको छ ।

पहिलो वर्ष ५५ जना भर्ना भएका छ्न् । दुर्गममा प्राविधिक धारकाे कक्षा सञ्चालन हुदाँ यहाका बिद्यार्थी लाई राहत पुगेकाे छ ।

जग्गनाथ मन्दिर, जहाँ भगवान श्रीकृष्णले गरेका थिए देहत्याग

सञ्जय मिश्रा 
पूरी, १५ भदौ। पुरीस्थित जगन्नाथ मन्दिरको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ।

यसको निर्माण गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले १२औँ शताब्दीमा सुरु गरेका थिए भने यसको स्थापना प्राचीन समयका राजा इन्द्रद्युम्नले गरेको विश्वास गरिन्छ।

भगवान जगन्नाथलाई समर्पित यस मन्दिरको वार्षिक रथयात्रा विश्वप्रसिद्ध छ। इतिहासमा यस मन्दिरले धेरै आक्रमण र पुनर्निर्माणको सामना गरेको छ, जसमा १६औँ शताब्दीमा कालापहाडको आक्रमण सबैभन्दा चर्चित मानिन्छ।

प्रारम्भिक इतिहास र किंवदन्ती

महाभारतकालीन राजा इन्द्रद्युम्नलाई भगवान जगन्नाथको प्रारम्भिक मन्दिर निर्माता मानिन्छ। कथाअनुसार उनले भगवान विष्णुको अवतार नीलमाधवको मूर्ति पत्ता लगाई मन्दिरको आधारशिला राखेका थिए। भनिन्छ, भील सरदार विश्वासु नील पर्वतको गुफाभित्र नीलमाधवको पूजा गर्थे।

मन्दिरमा भगवान जगन्नाथ, उनका दाजु बलभद्र र बहिनी सुभद्राका काठका मूर्तिहरू स्थापित छन्, जुन प्रत्येक १२ देखि १९ वर्षमा एकपटक बदलिन्छन्।

निर्माण र पुनर्निर्माण
गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले सन् ११३५ मा मन्दिर निर्माण सुरु गरी सन् ११५० मा सम्पन्न गरेका थिए।

पछि राजा अनंगभीमले सन् ११९७ मा यसलाई हालको स्वरूप दिएका थिए।

आक्रमण र पुनर्स्थापना
सन् १५५८ मा अफगान सेनापति कालापहाडले मन्दिरमा आक्रमण गरेपछि पूजा रोकिएको थियो। पछि खुर्दाका रामचन्द्र देवले स्वतन्त्र राज्य स्थापना गरी मन्दिर पुनःस्थापना गरेका थिए।

धार्मिक महत्त्व

पुरीको जगन्नाथ मन्दिरलाई हिन्दू धर्मका चार धाममध्ये एक मानिन्छ। यहाँको रथयात्रा विश्वप्रसिद्ध छ, जसमा तीनै देवताको विग्रह भव्य रथमा नगरपरिक्रमा गर्छन्। साथै, मन्दिरको विशेष भोजन ‘महालप्रसाद’ ५६ प्रकारका भोगका रूपमा तयार गरिन्छ।

महाभारतसँग सम्बन्ध

महाभारतको वनपर्वमा जगन्नाथ धामको उल्लेख पाइन्छ। भनिन्छ, राजा इन्द्रद्युम्नले सपनामा भगवान जगन्नाथको दर्शन पाए पछि नीलगिरि पर्वतस्थित गुफामा पूजा भइरहेको मूर्ति नीलमाधवको स्थापना गरेका थिए।
मूर्तिहरू निर्माणको किंवदन्ती
विश्वासु नामक सबर जातिका प्रमुखको आराध्य नीलमाधव मूर्ति चोरी भए पछि भगवान आफैं दुःखी भई परत गए। पछि राजा इन्द्रद्युम्नले विशाल मन्दिर निर्माण गरेपछि समुद्रमा तैरिरहेको नीमको काठबाट मूर्ति बनाउन आदेश भयो।

भगवान विश्वकर्मा बृद्धको रूप धारण गरी मूर्ति बनाउन थाले तर अधुरै अवस्थामा अन्तर्ध्यान भए। यही अधुरा मूर्तिहरू नै आजसम्म मन्दिरमा प्रतिष्ठित छन्।

वास्तुकला र संरचना
जगन्नाथ मन्दिर कलिंग शैलीमा बनेको छ। करिब २१४ फिट अग्लो यो मन्दिर २० फिट अग्लो प्राचीरले घेरेको छ। मन्दिरको शिखरमा रहेको अष्टधातु निर्मित सुदर्शन चक्र (नीलचक्र) शहरको जुनसुकै स्थानबाट हेर्दा सधैं बीचमै देखिन्छ।

रत्न भण्डारको रहस्य
मन्दिर आफ्नो रथयात्रासँगै रत्न भण्डारका कारण पनि चर्चामा रहन्छ। यसलाई सन् १९०५, १९२६, १९७८ र पछिल्लो पटक जुलाई २०२४ मा खोलिएको थियो। तर यसको चाबी हराएको विषयले राष्ट्रिय चर्चा पाएको छ।

मन्दिरका रहस्यहरू

मान्यता अनुसार भगवान कृष्णले देहत्याग यहीं गरेका थिए र उनको हृदय आज पनि मूर्तिभित्र धड्किरहेको विश्वास छ।
सिंहद्वारभित्र छिर्नासाथ समुद्रको आवाज हराउने रहस्य छ।

मन्दिरको ध्वज हावाको विपरीत दिशामा फर्फराउने गर्दछ।

यहाँ पकाइने प्रसाद सातवटा भाँडामा एकमाथि अर्को राखेर तयार हुन्छ, तर पहिलो पकाउने शक्ति माथिल्लो सातौँ भाँडाबाट सुरु हुन्छ।

प्रत्येक १२ वर्षमा मूर्तिहरू बदलीन्छन् र यस क्रममा ‘ब्रह्म पदार्थ’ नयाँ मूर्तिमा स्थानान्तरण हुन्छ, जसको रहस्य अझै अज्ञात छ।
मन्दिरमा केवल सनातनी हिन्दू धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति छ। यही कारण पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई समेत प्रवेश दिइएको थिएन।

पुरीस्थित जगन्नाथ धाम आज पनि आस्था, रहस्य र इतिहासको अद्भुत संगमका रूपमा विश्वभर परिचित छ। यहाँ भारत नेपालका साथै संसारका धेरै देशबाट प्रत्येक बर्ष लाखौं मानिस दर्शन गर्न जाने गर्दछन् ।

स्थान र विस्तार

स्थान: मन्दिर श्रीक्षेत्र पुरीमा अवस्थित छ, जुन बंगालको खाडीको किनारमा बसेको छ।

परिसर: मन्दिरको सम्पूर्ण परिसर करिब ४,००,००० वर्ग फिट (३७,००० वर्ग मिटर) क्षेत्रमा फैलिएको छ र यो एक अग्लो पर्खालले घेरेको छ।

पर्खालहरू: परिसर दुईवटा प्रमुख पर्खालले घेरिएको छ: बाहिरी पर्खाललाई ‘मेघनाद पचेरी’ र भित्री पर्खाललाई ‘कूर्म बेधा’ भनिन्छ।

मन्दिरको संरचना:

मुख्य मन्दिर: मुख्य मन्दिर (रेखा देउला) वक्राकार शैलीमा बनेको छ र यो करिब ६५ मिटर (२१४ फिट) अग्लो पत्थरको जगमा निर्मित छ।

नीलचक्र: मुख्य मन्दिरको शिखरमा अष्टधातुबाट बनेको आठ तील भएको चक्र छ, जसलाई नीलचक्र भनिन्छ। यसलाई अत्यन्त पवित्र मानिन्छ।

अन्य संरचनाहरू: मुख्य मन्दिरभित्र विभिन्न भागहरू रहेका छन्—
देउल (गर्भगृह)
मुखशाला
नटमण्डप (दर्शक/नृत्य हल)
भोगमण्डप (प्रसाद हल)

भौगोलिक विशेषताहरू

समतल भन्दा डाँडाझैँ: मन्दिरको डिजाइन एउटा डाँडालाई घेरेर बनेका साना टाकुरा र टिलाहरूको समूह जस्तै देखिन्छ, जसका कारण यो निकै अग्लो संरचना जस्तो भान हुन्छ।

प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर)

काठमाडौं, १५ भदौं । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीनियाँ धान खेतीको अवलोकन गरेका छन् ।

चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेका हुन ।
 

दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

काठमाडौं, १५ भदौं । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ।

राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ।

त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ।

यस वर्ष विजया दशमी असोजको १६ गते परेको छ ।

नेपाली महिला टोलीले घरेलु टोली भुटानसँग भिडदैँ

काठमाडौं, १५ भदौं । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । 

भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न्  लागिरहेको हो ।

सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ ।

सो खेलमा भारतले एक खेल अगावै उपाधि हासिल गरिसकेको छ भने जससँगै नेपाल र भूटान प्रतियोगिताबाट बाहिरि सकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ । 

प्रतियोगितामा अपराजित रहेको भारतले पाँच खेलमा १५ अङ्क जोडेर उपाधि जितेको हो भने दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलबाट १० अङ्क जोडन सफल भएको छ। नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क रहेको छ । आजै भारत र बंगलादेश बिच पनि प्रतिस्पर्धा हुदैँछ ।

जडिबुटीमा बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं – जडिबुटीमा शुक्रबार बिहान राति रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान २:५० बजे बा.प्र.-०१-००६ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा लु४३प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो। 

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरीश पौडेल र स्कुटर पछाडि सवार काभ्रे पाँचखाल-२ घर भएका २३ वर्षिय नितेश नेपाल रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। 

कोटेश्वरबाट जडिबुटीतर्फ गइरहेको स्कुटर रोकिराखेको बसको पछाडि ठोक्किएको थियो।

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

काठमाडौं, १२ भदाैं  ।  मृगौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । मिर्गौलाको काम सुस्त हुँदा वा राम्रोसँग काम नगर्दा शरीरले केही संकेत दिन्छ। दुर्भाग्यवश, मानिसहरूले यी संकेतहरूलाई सामान्य मानेर बेवास्ता गर्छन् ।

समग्रमा मृगौला रोग बिस्तारै विकसित हुन्छ र कहिलेकाहीँ लक्षणहरू यति हल्का हुन्छन् कि मानिसहरूले तिनीहरूलाई बेवास्ता गर्छन्। यदि तपाई यी ६ वटा लक्षणहरू मध्ये कुनै पनि लगातार महसुस गर्दै हुनुहुन्छ भने, यसलाई हल्का रूपमा नलिनु होस्। यो बेवास्ताले पछि मृगौला फेलजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छ।

थकान र कमजोरी महसुस

यो पहिलो संकेत हो । थकित र कमजोर महसुस गर्नु हो। मिर्गौलाले रगतलाई राम्ररी सफा गर्न नसकेपछि शरीरमा विषाक्त पदार्थ जम्मा हुन थाल्छ। यसले व्यक्तिलाई धेरै काम नगरे पनि सधैं थकित र कमजोर महसुस गराउँछ।

पिशावमा समस्या
दोस्रो संकेत पिसाबसँग सम्बन्धित समस्या हो। बारम्बार पिसाब लाग्नु, पिसाबमा जलन हुनु, यसको रंग गाढा वा फेनयुक्त हुनु। यी सबै लक्षणहरूले मृगौला फेल भएको संकेत गर्न सक्छन्। यदि पिसाबमा रगत देखियो भने यो अझ गम्भीर लक्षण हुन सक्छ।

अनुहार, आँखा वा खुट्टा सुन्निने
तेस्रो सामान्य लक्षण भनेको अनुहार, आँखा वा खुट्टा सुन्निने हो। मृगौलाले शरीरबाट अतिरिक्त पानी निकाल्न नसके पछि त्यो शरीरमा जम्मा हुन थाल्छ । यसको प्रभाव विशेष गरी बिहान आँखा मुनि सुन्निने वा खुट्टामा भारीपनको रूपमा देखिन्छ।

भोक नलाग्ने
चौथो संकेत भोक नलाग्नु र वाकवाकी लाग्नु हो। रगतमा फोहोर पदार्थको मात्रा बढ्दा पाचन प्रणालीमा असर पर्छ । यसका कारण व्यक्तिको खानामा रुचि घट्छ, वाकवाकी लाग्न थाल्छ र कहिलेकाहीँ बान्ता पनि हुन सक्छ।

चिलाउने र छाला सुख्खा हुनु

पाँचौं लक्षण छालामा चिलाउने र सुख्खापन हो। मिर्गौलाले खनिज र पोषक तत्वको सन्तुलन कायम राख्न नसक्दा छालामा असर पर्छ । लगातार चिलाउने, सुख्खा छाला र रातो दाग यसको लक्षण हुन सक्छ।

सास फेर्न गारहो

छैटौं र गम्भीर लक्षण भनेको सास फेर्न गाह्रो हुनु हो ।  मृगौला फेल हुँदा शरीरमा पानी जम्मा हुन सक्छ, जसले फोक्सोमा दबाब दिन्छ। यसबाहेक रगतमा अक्सिजनको मात्रा कम हुँदा सास फेर्न गाह्रो हुन सक्छ।

मिर्गौलाको स्वास्थ्यको यसरी ख्याल गर्नुहोस्

मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिउने, धेरै नुन र प्याक गरिएको खानेकुरा नखाने, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने, चिकित्सकको सल्लाह बिना पेनकिलर वा अन्य औषधि सेवन नगर्ने ।

राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, १३ भदौं । राष्ट्रियसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा अर्थ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने बिधायन ब्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय बिधी बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) बिधेयक, २०८१ सबन्धी बिधायन ब्यवस्था समितिको प्रतिवेदन पेश गर्ने छिन् ।

राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘बैकल्पिक विकास वित्त परिचालन बिधेयक, २०८१’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्षा टेबुल गर्नेछन भने संस्कृति पर्यटन तथा उडडयन मन्त्री  बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बिधेयक, २०८१ लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

साथै, सञ्चार सुचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सामाजिक सञ्जाल बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
 

प्रधानमन्त्री ओलीले आज संसदमा बिशेष सम्बोधन गर्ने

काठमाडौं, १३ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा बिशेष सम्बोधन गर्दैछन् ।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोली शनिबार चीन भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन । ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।