२०८३ जेष्ठ १७, आइतवार

बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाह?द्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ २०३०`  नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै  विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताए । 

नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३०  प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको अवगत गराए ।

उनले यस यत्रामा कुनै पनि मुलुक एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने भएकाले विश्वव्यापी सहकार्यमा जोड दिए।

 
आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्सा?पमा लिइएको बताउँदै उनले विद्यालय तहबाट दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको पनि बताए।

गृह मन्त्री र भाजपा बिदेश प्रमुख बिच भेटबार्ता

काठमाडौं, १७ बैशाख । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा बुधबार दिउँसो लेखक र चौथाइवाले बिचमा भेटवार्ता भएको हो । 

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेस केन्द्रित दलका नेतासँग भेटबार्ता गर्नेछन् ।

रेशम चौधरीको पक्राउमा सिकेको बिरोध

काठमाडौं, १७ बैशाख । रेेशम चौधरीको प्रकाउको बिरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालवाट सो आपत्ति जनाएका हुन् । पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ,  यसको हामी घोर भर्त्सना गर्दछौं, राउतले भनेका छन्,  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्र्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं

इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा

गाजा, १७ बैशाख । इजरायलले अनिकाल र भोकमरी फैलिएको गाजामा मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ।

राष्ट्र संघीय संस्था युएनआरडब्लुएका अनुसार गाजामा जीवन बचाउने सहायताका लागि जान खोजेका लगभग ३ हजार ट्रकहरू क्रसिङहरूमा पर्खिरहेका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार ती ३ हजार ट्रकमा १ लाख १६ हजार मेट्रिक टन भन्दा बढी खाद्य सहायता रहेको छ, जो चार महिनासम्म एक मिलियन मानिसहरूलाई खुवाउन पर्याप्त रहेको छ ।

उता इजरायलले प्यालेस्टिनीहरू विरुद्ध भोकमरी हतियार बनाइएकाले कुपोषणले धेरै बालबालिकाको ज्यान लिइसकेको जनाइएको छ।

गाजाको सरकारी मिडिया कार्यालयले इजरायलले गरिरहेको नाकाबन्दीका कारण प्यालेस्टिनी बालबालिकाको पीडालाई बढाएको आरोप लगाएको छ, जसले दैनिक भोकमरीको सामना गरिरहेका १.१ मिलियन मध्ये ६५ हजार भन्दा बढी बालबालिकालाई व्यापक रूपमा तीव्र कुपोषणले असर गर्न थालेको छ ।
 

पाकिस्तानले भन्यो, ‘भारतको इशारामा आतंक मच्याउने मारिए ७१ जना आतंककारी’

इस्लामबाद, १६ चैत । पाकिस्तान–अफगानिस्तान सीमा नजिकै १७ आतंककारी मारिएका छन् 

अफगानिस्तान सिमा नजिक रहेको खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले १७ आतङ्ककारीलाई मारेको पाकिस्तानी सेनाको मिडिया शाखाले सोमबार जनाएको छ।

एक दिन अघि मात्रै सेनाले ५४ आतंककारीहरूलाई उही क्षेत्रमबाट पाकिस्तान–अफगानिस्तान सीमाबाट घुसपैठ गर्ने प्रयासलाई निष्प्रभावी पारेको थियो। इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार आतंकवाद विरुद्धको अभियानमा सुरक्षा बलहरूले एउटै संलग्नतामा मारिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।

आईएसपीआरले आज जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तान–अफगानिस्तान सीमामा रहेको उत्तरी वजिरिस्तान जिल्लाको हसन खेलको वरपरका क्षेत्रहरूमा खोज अभियान सञ्चालन गरिएको थियो।

‘अपरेसन सञ्चालनको क्रममा आफ्ना भारतीय मालिकहरूको आदेशमा आफ्नो गतिबिधि सञ्चालन गरिरहेका थप १७ जना खवारीजको खोजी गरिएको तयिो र सफलतापूर्वक निष्प्रभावी गरियो,’ आईएसपीआरले भन्यो।

आईएसपीआरले थप्यो कि मारिएका खवारीजबाट ठूलो मात्रामा हतियार, गोला बारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ, जो राज्य बिरूद्द आतंकवादीहरूले प्रयोग गरिरहेका थिए । ‘तीन दिनमा घुसपैठ विरोधीे अभियानमा मारिएका ख्वारिजको संख्या बढेर ७१ पुगेको छ,’ उनले थपे।

विज्ञप्तिमा यो पनि भनिएको छ कि सुरक्षा बलहरू राष्ट्रको सीमाहरू सुरक्षित गर्न र पाकिस्तानको शान्ति, स्थिरता र प्रगतिलाई तोडफोड गर्ने प्रयासहरूलाई विफल पार्न प्रतिबद्ध छन्।

साथै, राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले उत्तरी वजिरिस्तानमा अपरेशनमा खटिएका सुरक्षा बलका मृत्युमा श्रद्धाञ्जली अर्पण गरेका छन्। एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) का अनुसार राष्ट्रपति र प्रधानमन्त्रीले छुट्टाछुट्टै वक्तव्यमा सुरक्षा बलको बहादुरीको प्रशंसा गरेका हुन ।

राष्ट्रपतिले आतंकवादको पूर्ण उन्मूलन नभएसम्म सुरक्षा कारबाही जारी राख्ने प्रतिवद्धता दोहोर्‍याएका छन्। “आतंकवादीहरू विरुद्ध हाम्रा सुरक्षा बलहरूले गरेको सफल कारबाही प्रशंसनीय छ,” भन्दै राष्ट्रपतिले देशको रक्षा र आतंकवादको अन्त्यका लागि अटल प्रतिबद्धतालाई कायम राख्ने वाचा गरेका छन ।

प्रधानमन्त्रीले भने, ‘विगत तीन दिनमा उत्तरी वजिरिस्तानमा सुरक्षा कारबाहीका क्रममा ७१ खवारीज आतंककारीको मृत्युले हाम्रा कानून प्रवर्तन एजेन्सीहरू आतंकवादलाई समाप्त गर्ने आफ्नो मिशनमा पूर्ण रूपमा दृढ र सतर्क छन् भन्ने स्पष्ट रूपमा देखाउँदछ।’

प्रतिबन्धित तहरीक ए तालिबान पाकिस्तानले नोभेम्बर २०२२ मा सरकारसँगको युद्धविराम समाप्त गरे पनि पाकिस्तानले गत वर्ष विशेष गरी बलुचिस्तानमा आतंकवादी गतिविधिहरूमा वृद्धि भएको देखेको छ।

पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीजको रिपोर्ट अनुसार नोभेम्बर २०१४ पछि पहिलो पटक आतंकवादी हमलाको संख्या १०० नाघेकोमा मार्चमा उग्रवादी हिंसा र सुरक्षा कारबाही तीव्र गरिएको छ ।

ग्लोबल टेररिज्म इन्डेक्स २०२५ मा पाकिस्तानमा दोस्रो स्थानमा रहेको छ, जहाँ गत वर्षको तुलनामा आतंकवादी हमलामा मृत्यु हुनेको संख्या ४५ प्रतिशतले बढेर १ हजार ८१ पुगेको छ।

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ 

काठमाडौं, १६ बैशाख । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न २१ जना मनी ट्रान्सफर सञ्चालक पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरोले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँसहित देशका विभिन्न जिल्लाबाट मनि ट्रान्सफर सञ्चालकहरूलाई पक्राउ गरेको हो। 

ब्युरोले एक प्रेस विज्ञप्ति जारी गरी सोमबार मनी ट्रान्सफर सञ्चालकलाई पक्राउ गरिएको जनाएको हो।  उनीहरूविरूद्ध राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान भइरहेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए। 

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी उनीहरूले उक्त बराबरको रकम अवैध कारोबार गरेको देखिएको शाहीले बताए। विदेशमा रहेका कामदार थगा विद्यार्थीहरू यो समूहको निशानामा थिए। पक्राउ पर्नेहरू मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, पर्सा, धनुषा, नवलपरासी, वीरगन्ज र चितवनका छन्। 

‘उनीहरूमध्ये मोरङबाट पक्राउ परेका वीरेन्द्र दीपेन्द्रप्रसाद साहले २ अर्ब ८२ करोड १९ लाख ३३ हजार १८ रुपैयाँ अवैध कारोबार गरेको खुलेको छ,’ शाहीले भने पक्राउ परेकाले डिजिटल वालेट सेवा  र मनि ट्रान्सफर कम्पनीहरूको दुरूपयोग गरी अर्बौं रकमको अवैध कारोबार गरेको प्रवक्ता शाहीले बताए।

विदेशबाट आउने विप्रेषण रकमजस्तो देखाएर अवैध रकमलाई देशभित्रै वैध बनाउने (मनी लन्डरिङ) कार्यमा संलग्न रहेको पाइएको शाही बताउँछन्।उनीहरूले विदेशबाट विप्रेषणजस्तो देखाइने उक्त कारोबारमा, मनी मुले  (पैसा बोक्ने व्यक्तिं) हरूको प्रयोग गर्थे। 

ठूलो परिमाणको नगद रकम नेपालमा सञ्चालित बैंक खातामा जम्मा गरिन्थ्यो। त्यसपछि उक्त रकमलाई सजिलो पे र पेवेल नेपाल प्रालि जस्ता डिजिटल वालेटमार्फत इ मनी तथा विभिन्न मनी ट्रान्सफर कम्पनीहरू प्रयोग गरेर विदेशमा रहेका नेपालीहरूको नाममा झुटो विप्रेषणको रूपमा आफन्तको खातामा पैसा ट्रान्सफर गरिन्थ्यो।

यसरी गरिने कारोबारले कर राज्यलाई ठगिएको मात्र नभई, देशको वित्तीय प्रणाली नै असुरक्षित बन्ने अवस्था सिर्जना हुने शाहीले बताए ।

दुबई करातेँमा नेपालीले जिते ८ पदक

काठमाडौं, १६ बैशाख ।  दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ६ स्वर्ण र दुई रजत गरि कुल ८ पदक जितेको छ ।

नेपाल सितोरियो कराते संघका सचिव तथा टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण पदक जितेका हुन् ।

अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले भने रजत पदक हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका थिए ।

सो जीतसँग टोली आज मंगलबार स्वदेश फर्किदैछ । प्रतियोगितामा नेपालसहित भारत, युएई, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी गराए ।

यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ।

विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।

यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।
 

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं, १५ बैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बने पछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रलगायत ६४ जना पक्राउको बिरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । 
 

सो प्रदर्शन दिनको १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गरिने राप्रपा नेपालले जनाएको छ । 

‘चैत १५ गते तीनकुनेमा भएको घटनाको वहानामा सरकारले ६४ जनालाई थुनामा राखेको छ, उनीहरू अपराधी होइनन, हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको बिचारको संवाहक हुन, आस्थाका योद्धा हुन्,’ अध्यक्ष थापाले भनेका छन, ‘उनीहरू बेवारिसे छैनन्, सम्पूर्ण राष्ट्रवादीहरू उनीहरूको रिहाईको निम्ति प्रतिवद्धत छौँ, एक छौँ ।’

यसो त संयुक्त जनआन्दोलन समितिले राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो साथ रहेको बताएको छ । 

समितिका अध्यक्ष नवराज सुबेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको हो ।

‘राष्ट्रिय झण्डा लिएर उक्त जनप्रदर्शनमा सहभागी भइ सहयोग गरिदिन हुन आम नेपाली जनतालाई आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ । 
 

साफ यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं, १४ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु– १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुदैँछ ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल मे ११ मा श्रीलंकासँग खेल्नेछ भने दुई दिनपछि अर्थात मे १३ मा नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ । २०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।

नेपाली टोली

गोलकिपरः भक्तबहादुर परियार, विशेष बानियाँ, उपेन्द्र लवान

रक्षकः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, सिद्धान्त खड्का

मिडफिल्डरः कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन, विज्ञान खड्का

फरवार्डः सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ, विजय उर्वा