२०८३ जेष्ठ १७, आइतवार

ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

काठमाडौं, १६ जेठ । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ। 

एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ ।

बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा करिब ३० लाख ‘मेड इन इन्डिया’ उल्लेख भएको आईफोनहरू पठाइएको छ । त्यसको तुलनामा चीनबाट ९ लाख इकाइ मात्र पठाइएको थियो, जुन चीनको लागि ७६ प्रतिशतले ठूलो गिरावट हो।

सीएनबीसीको रिपोर्टका अनुसार यो पहिलो पटक हो कि भारतले आईफोन निर्यातमा चीनलाई लगातार उछिनि रहेको छ, विशेष गरी अमेरिकी बजारमा। ओम्डियाका अनुसन्धान प्रबन्धक ले जुआन चिउका अनुसार एप्पलले पहिलेदेखि नै यस्तो व्यापार अवरोधहरूको लागि तयारी गरिरहेको थियो। गत अप्रिलमा भएको वृद्धि रणनीतिक भण्डारणको परिणाम हो, जुन ट्यारिफ बृद्धि हुनु अघि गरिएको रणनीति हुन सक्छ।

हाल अमेरिकामा हरेक त्रैमासिकमा करिब २ करोड आईफोनको माग छ। भारतले यति ठूलो मागलाई पूर्णरूपमा सम्हाल्न नसके पनि त्यसको अंश भने निरन्तर बढाइरहेको छ ।

यदि एप्पलले अमेरिकामा मात्र आईफोन बनाउँछ भने यसको लागत धेरै उच्च हुन्छ। एक अनुमान अनुसार अमेरिकामा बनेको आईफोनको मूल्य ३,५०० डलर  पर्न  सक्छ किनभने त्यहाँ कुनै पूर्ण आपूर्ति श्रृंखला छैन् ।

वेडबश सेक्युरिटीजका टेक्नोलोजी रिसर्चका प्रमुख ड्यान इभ्सले अमेरिकामा आईफोन बनाउनु एउटा काल्पनिक कुरा भएको बताए। एसियामा जस्तै अमेरिकामा पनि जटिल सप्लाई चेन निर्माण गर्न निकै महँगो र गाह्रो हुने उनको विश्वास छ ।

विज्ञहरू भन्छन् कि यदि एप्पलले आफ्नो आपूर्ति श्रृंखलाको १० प्रतिशत पनि अमेरिकामा सार्न चाहन्छ भने कम्तिमा तीन वर्ष ३० अर्ब डलर खर्च गर्नु पर्नेछ।
एप्पलका सीईओ टिम कुकले आफ्नो भर्खरको त्रैमासिक बैठकमा अमेरिकामा बिक्री हुने अधिकांश आईफोनहरू भारतमा बनाइने जनाइसकेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई चेतावनी दिएका छन् कि यदि आईफोन अमेरिकामा बनाइएन भने, एप्पलका उत्पादनहरूमा २५ प्रतिशत र ईयूबाट आयातमा ५० प्रतिशत कर लगाइनेछ। 
स्रोतका अनुसार भारतको कम लागत र प्रतिस्पर्धी उत्पादन क्षमता एप्पल जस्ता ठूला टेक ब्रान्डका लागि आकर्षणको केन्द्र बनेको छ। एप्पलले भारत सरकारलाई ‘मेक इन इन्डिया’ अभियानलाई अगाडि बढाउन स्थानीय उत्पादन बढाउने आश्वासन दिएको छ ।

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी

काठमाडौं, १६ जेठ । प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् । 

यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरू बीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।

युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।

यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोट मार्फत मानिसद्वारा नियन्त्रित थिए। यस म्याटको समयमा वास्तविक मुक्का र किक जस्ता चालहरू हरेक फाइटमा देख्न सकिएको थियो । प्रतियोगितामा एआई स्ट्राटेजिष्ट, सिल्क आर्टिसन, आर्मर्ड मुलान र इनर्जी गार्डियन सहभागी चार रोबोटहरू मैदानमा उत्रेका थिए ।

प्रतियोगितालाई तीन राउण्डमा विभाजन गरिएको थियो र प्रत्येक राउन्ड दुई मिनेटको थियो। अंकको प्रणाली पनि राखिएको थियो, रोबोटले हातले आक्रमण गरे एक अंक र खुट्टाले आक्रमण गरे तीन अंक पाउँने नियम बनाइएको थियो ।  यदि खसेमा ८ सेकेन्ड भित्र उठ्ने मौका दिइएको थियो, अन्यथा अंकहरू कटौती गरिने नियम बनाइएको थियो ।

पहिलो प्रतिस्पर्धा एआई स्ट्राटेजिष्ट र सिल्क आर्टिसनबीच थियो। एआई रणनीतिकारले सुरुदेखि नै तीखो आक्रमण गरेर सिल्क आर्टिसनलाई कुनै मौका दिएनन्। तेस्रो राउन्डमा पुग्दा एआई स्ट्राटेजिष्टले प्रतियोगिता जित्यो।

फाइनल खेलमा एआई स्ट्राटेजिष्ट र इनर्जी गार्डियन आमनेसामने भएका थिए। प्रतियोगिता नजिकै रहेको देखिए पनि एआई स्ट्राटेजिष्टले एकपछि अर्को गरी तीनवटै राउण्ड जितेर आफूलाई विजेता साबित गरेको थियो। जुन खेलको यतिखेर विश्वभरी चर्चा परिचर्चा भइरहेको छ ।

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

काठमाडौ, १६ जेठ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल हुनेछ ।

दिउँसो १ः०० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुदैँछ ।

उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको  छ ।

काेराेनालाई हेप्दा एक सातामै ३५० अमेरिकनकाे मृत्यु

वासिंगटन डिसी, १४ जेठ । अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ ।

कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीरताबारे अनुसन्धान भने जारी रहेको सिडिसीले जनाएको छ।

खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालिकामा पनि कम छ, केवल १३ प्रतिशत मात्रै । समयसँगै खोप नलिनु र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु दुवै कारण यो समस्या बनिरहेको विज्ञहरू बताउँछन् ।

नयाँ भाइरसले वृद्धवृद्धा र पहिलेदेखि नै बिरामी भएकाहरूलाई बढी असर गरिरहेको छ। त्यसैले ६५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई प्रत्येक ६ महिनामा दुई डोज खोप लिन सल्लाह सिडिसीले दिएको छ।

अर्को ठूलो कारण भनेको अवस्था बिग्रिएसम्म मानिसहरू उपचार गर्न नखोज्नु पनि मानिएको छ । मोल्नुपिराभिर (मर्क), प्याक्सलोभिड, फाइजरं जस्ता एन्टिभाइरल चक्कीहरू अमेरिकामा उपलब्ध छन्, जुन लक्षणहरू देखा परेको पाँच दिन भित्र लिन सकिन्छ। तर, धेरैले सही समयमा सो औषधी प्रयोग गर्दैनन्। 

समयमै परीक्षण र औषधिले गम्भीर संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।

गृह मन्त्रीकाे राजिनामा माग्दै संसदमा प्रतिपक्षीकाे नारावाजी, बैठक स्थगित

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएकाे छ ।

भिजिट भिषा प्रकरणमा मुछिएका मन्त्री लेखककाे राजिनामा माग गर्दै संसदमा नाराबाजी गरे पछि बैठक स्थगित भएकाे छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए, आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो।

प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाएका थिए । 

एमाले निकट युवा संघको भावी नेतृत्वका लागि मतदान सुरू

पोखरा, १३ जेठ । राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । 

सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो ।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन् ।

आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ।

थेबे प्यानलबाट  उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन् ।

विद्युत विद्येयक एक महिनाभित्र पास हुन्छः उर्जामन्त्री खड्का

काठमाडौं, १३ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।

निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार साँझ यहाँ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उनले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन ।निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार साँझ यहाँ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उनले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन ।

“निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी ल्याउन लागिरहेको विद्युत विद्येयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौँ, एक महिनाभित्र संसदबाट पास हुन्छ,” मन्त्री खड्काले भने। 

मन्त्री खड्काले मन्त्रालयले उर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेकोसमेत बताए । “यो डेभलपर्सको मात्र समस्या होइन, मुलुककै समस्या हो, यो समस्याबाट माथि उठ्न सकिएन भने मुलुक नै समस्यामा पर्छ,’ उनले भन ।

सरकारले निजी क्षेत्रलाई साथमा लिएर उर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न उर्जा उत्पादकको महत्वपूर्ण भूमिका रहेको बताए । उर्जा उत्पादकका क्रममा आउन सक्ने विपत्तीका कारण हुने समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले उल्लेख गरे ।

उर्जामन्त्री खड्काले सरकारले ल्याएको उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि उर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अन्तमन्त्रालय समिति र उपसमिति गठन गरिएको स्पष्ट पारे । पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढिने उनको भनाई थियो भने उनले निजी क्षेत्रको समस्यालाई सरकारले आफ्नो समस्याका रुपमा लिएको समेत बताए ।

प्रधानमन्त्रीले विकास निर्माणका क्रममा देखिएका अफ्ठयारालाई लिएर आउन सबै मन्त्रीलाई स्पष्ट निर्देशन दिएको बताउँदै मन्त्री खड्काले भने, “यो व्यक्तिगत समस्या होइन, मुलुककै समस्या हो, यसलाई समाधान गर्न सरकार गम्भीर छ,” । सरकारले लिएको लक्ष्य सरकार एक्लैले पुरा गर्न नसक्ने उनको भनाई थियो । 

उर्जा सचिव सुरेश आचार्यले सरकारले ल्याएको उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले उक्त मार्गचित्रलाई कार्यान्वयन गर्न मन्त्रालयले विभिन्न कार्यादल बनाएर अगाडि बढेको स्पष्ट पार्दै सचिव आचार्यले सरकारले ल्याएको नीति तथा कार्यक्रममा जलाशययुक्त आयोजनालाई विशेष रुपमा अगाडि बढाएको बताए ।

विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले प्रसारण लाईन निर्माणमा समेत निजी क्षेत्रलाई समावेश गरिएकाले सरकारले राखेको उर्जा विकासको लक्ष्य पुरा गर्न सहज हुने धारणा राखेका हुन । उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार लागिपरेको बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि सरकारले भर्खरै विद्युत खरीद सम्झौता (पिपिए)लाई अगाडि बढाएको बताए ।

इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगीलगायतले उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि शक्तिशाली निकाय आवश्यक रहेको बताए । उनीहरूलेउर्जा, वन र कानून मन्त्रालयबीच समन्वय नहुँदा नेपालको उर्जा क्षेत्रको विकासले गति लिन नसकेको बताए ।
 

राप्रपाले पनि गृह मन्त्री लेखकको राजिनामा माग्ने, बोलायो दलको बैठक

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा बिबादित गृह मन्त्री रमेश लेखकको राजिनामा माग्ने भएको छ।

जसका लागि अहिले १० बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको बेला नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज गृह मन्त्री लेखकको राजिनामा माग्ने भएको हो ।
  

मंगलबार बिहान साढे १०ः०० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए। सो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल उनले उनले बताएका छन् ।

अर्थ मन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।

शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को  वजेटका बारेमा ब्रिफिङ गरेका हुन । 

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । 

सोही वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।