चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पौष १० गते हलमा

काठमाडाै । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन गरिएको लामो समयपछि देशका सबै खाले क्षेत्र बिस्तारै खुले ।

तर, चलचित्र क्षेत्र भने अझैं सुचारु हुन सकेको छैन् ।

सिनेमा घरहरु खोल्न सरकारको अनुमति नपाएपछि हल व्यवसायी आफैँ सिनेमा हल खोल्न तम्सिएका छन् ।

सिनेमा व्यवसायीहरुको छाता संगठन चलचित्र संघले यही पौष १० गतेबाट हल सञ्चालन गर्ने घोषणा गरेको छ। 

चलचित्रकर्मीहरु हल सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।

तर, यो मितिमा कुन चलचित्र चल्छ भन्ने आम मानिसहरुको चासोको विषय बनेको छ ।

 कोरोनाको त्रासका कारण सिनेमा हल बन्द गर्दा चलिरहेका फिल्मबाटै फेरि सिनेमा घर सञ्चालन गर्ने तयारी भएको छ । 

चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पौष १० गते हलमा लगाउने तयारी गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए ।

यी दुई चलचित्र हलमा रिलिज भइरहेको रहेका बेला कोरोना संक्रमणको जोखिम भएको भन्दै हल बन्द गरिएको थियो । 

हाल सञ्चालनमा आएका केही समय पुराना चलचित्र पनि प्रदर्शन गर्ने योजना रहेको चलचित्र संघले जनाएको छ ।

केहि समयअघि बनेका र तत्कालिन समयमा दर्शकले रुचाएका चलचित्र हल सञ्चालनको सुरुवाती चरणका केहि दिन प्रदर्शन गर्ने चलचित्र संघका अध्यक्ष प्रधानको भनाइ छ । 

चलचित्र संघले ९ महिनादेखि बन्द रहेको हल सञ्चालनको घोषणा गरेसँगै देशभरका हल व्यवसायीहरु उत्साहित देखिएका छन् ।

बन्द हल सञ्चालनका लागि व्यवसायीहरु सरसफाइमा लागेको संघका अध्यक्ष प्रधानले बताए । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन