२०८३ जेष्ठ १७, आइतवार

प्रतिनिधिसभा बैठकवाट भुमी सबन्धी बिधेयक पारित हुदैँ

काठमाडौं, १३ भदौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बस्नेछ ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाइ समितिमा सांसदहरूको नाम हेरफेर गरिएको जानकारी दिनेछन् ।

भुमी ब्यवस्था तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले ‘कृषी, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भुमी सबन्धी केही नेपाल एेनलाई संसोधन गर्ने बिधेयक माथी छलफल गरियोस्’ र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

आजको राशिफलः २०८२ भदाैं १३ गते शुक्रबार

आजको राशिफलः २०८२ भदाैं १३ गते शुक्रबार, ई.सं २०२५ अगस्त २९, नेपाल सम्बत ११४५ ञलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल षष्ठी, पञ्चाङ्गः ब्रह्म कौलव स्वाति, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः गर , योगः ब्रम्हा । आज सूर्य षष्ठी । विश्व आणविक परिक्षण विरुद्धको दिवस पनि हाे। आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर १३ मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुन पनि सक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

ईर्श्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पद्र्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् । 

बालेनको नाकै मुनी दिनहुँ नाराबाजीसहित कबाड व्यावसायीको आन्दोलन

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ।

बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी छ । बर्षाका बीच पनि आन्दोलनकारीहरु नाराबाजी सहित आन्दोलनमा सहभागी छन् । 

काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले थालेको आन्दोलन अझै शसक्त र कडा बनाउने आन्दोलनकारीहरु बताउँछन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ । 

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले कबाड व्यवसायी माथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यमवसाय गर्न दिनुपर्ने माग गर्दै उनले अब बालेनबाहेक अरुसँग कुनै वार्ता नहुने बताए । 

‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यावसायमा तोडफोडसहितको अत्याचार बिरुद्ध कबाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ,’ गुप्ताले भने, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने र हामीले शान्तिपूर्ण वातावरणमा व्यावसाय गर्न पाउनुपर्ने हाम्रो माग हो । बालेनको कार्यालय अगाडी हामी दिनहुँ प्रदर्शन गर्दै आन्दोलनलाई अझ शसक्त र कडा बनाउने छौं । हाम्रो बार्ता बालेन बाहेक अब अरु कसैसँग पनि हुदैन्।’ 

सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताउदै उनले कानूनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन नरोकिने बताए । 

कबाड आन्दोलनमा सहभागीहरुले ‘सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो सारा’ ले लगायतका नारा लगाएका छन् । 

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।
 

पुर्व राष्ट्रपतिसहितलाई राजनीतिमा फर्किन नमिल्ने संबैधानिक प्राबधान बनाउः प्रेस चौतारी

काठमाडौं, १२ भदौ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार आफ्ना सुझावहरू महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरेको छ ।

अध्यक्ष गणेश पाण्डे नेतृत्वको चौतारी पदाधिकारीको टोलीले एमाले मुख्यालय च्यासलमा महासचिव पोखरेललगायतका नेतालाई भेटेर सुझाव पेश गरेको हो ।

सुझाव हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।

चौतारीले प्रस्तुत गरेका सुझावहरू पार्टी विधान संशोधन र राजनीतिक प्रतिवेदनमा समावेश गर्न माग गरिएको छ । मुख्यतः प्रेस स्वतन्त्रता, पार्टी नेतृत्वको कार्यकाल र उमेर सीमा, केन्द्रीय कमिटीको संरचना, सदस्यता व्यवस्था, सम्पर्क समन्वय कमिटी, संवैधानिक पदाधिकारीको राजनीतिक संलग्नता, युवा तथा महिलाको प्रतिनिधित्व, विभागीय मनोनयन, मिडिया कानुनलगायतका विषयलाई सुझावमा समेटिएको छ ।

सुझावअनुसार, पार्टी विधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ भन्ने वाक्यांश राख्नुपर्ने, अध्यक्षको दुई कार्यकाल र ७० वर्षे उमेर सीमा हटाउने निर्णयलाई समर्थन गर्ने, पदाधिकारी सङ्ख्या घटाएर ९ कायम गर्ने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यमा सीमित गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, पार्टी सदस्यता संरचनामा ‘साधारण सदस्य’ वा ‘प्रारम्भिक सदस्य’ को व्यवस्था गर्नुपर्ने, जनसंगठनमा संगठित भएको एक वर्षभित्र पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने, सम्पर्क समन्वय कमिटी जनसंगठनले पनि गठन गर्न सक्ने प्रावधान थप्नुपर्ने सुझाव छ ।

चौतारीले केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विभागीय मनोनयनमा सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिलाई प्राथमिकता दिनुपर्ने, महिलासहित ७ जना महाधिवेशन प्रतिनिधि उपलब्ध गराउनुपर्ने र राजनीतिक

नियुक्तिमा सरोकारवाला संगठनको सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

यस्तै, राष्ट्रपति, उपराष्ट्रपति वा संवैधानिक आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई सक्रिय राजनीतिमा फर्कन नदिने संवैधानिक प्रावधान राख्नुपर्ने पनि चौतारीको विशेष सुझावमा परेको छ ।

मिडिया कानुनका सन्दर्भमा चौतारीले हाल केन्द्र र प्रदेश तहमा बनेका कतिपय कानुनप्रति गम्भीर चासो व्यक्त गर्दै सरोकारवाला जनसंगठनको सुझावलाई अनिवार्य रूपमा समेटेर मात्र कानुन बनाउन पार्टीले पहल गर्नुपर्ने माग गरेको छ ।
 

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट

काठमाडौं, भदौ १२ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ।

 
भेटका अवसरमा नेपाल र चीन बीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।
 

उपसचिव पौडेलले लेखेको ‘भुटान : यात्रा एक, अनुभूति अनेक’ पुस्तक विमोचित

काठमाडौं – परराष्ट्र मन्त्रालयका उपसचिव भुवन पौडेलले ‘भूटान : यात्रा एक, अनुभूति अनेक’ पुस्तक ल्याएका छन्।

बालुवाटारमा बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो संस्मरण पुस्तक विमोचन भयो।

भुटानका पूर्वआर्थिक तथा प्राकृतिक स्रोत मन्त्री लोकनाथ शर्मा, नेपालका लागि कुवेतका पूर्वराजदूत मधुवन पौडेल, पूर्ववन मन्त्री यदुवंश झा, भुटानका पर्यटन व्यवसायी भीम शर्मालगायतले सामूहिक रुपमा पुस्तक विमोचन गरे।

गत वर्ष असारमा चार दिने भ्रमणमा गएका बखत संस्मरणमा रहँदा आफूले देखेको-भोगेको बहुआयामिक पक्षलाई समेटेर पुस्तक तयार पारेको विमोचनमा पौडेलले बताए।

“यात्राका क्रममा सकेसम्म जानकारीहरू टिपोट गर्ने र यात्रापछिका अनुभवलाई समेटेर भूटानको भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षहरूको बारेमा वर्णन गरेको छु,” पौडेलले भने।

विमोचनमा आफ्ना कुरा राख्दै भुटानका पूर्वमन्त्री शर्माले नेपालमा आएको बखत भूटानको बारेमा लेखिएको किताब विमोचन गर्न पाउँदा खुसी लागेको बताए। उनले भुटान र नेपालको सदियौंदेखिको पारस्परिक सम्बन्ध रहेको भन्दै भुटान आएर त्यहाँको पर्यटन, सांस्कृतिक विकास हेर्न नेपालीलाई आह्वान गरे।

पूर्वराजदूत पौडेलले आफूले परराष्ट्र क्षेत्रमा रहँदा कुनै पनि यस्ता खालका किताब ल्याउन नसकेको भन्दै किताबले भुटानका ऐतिहासिक पक्षहरूलाई उजागर गरेको बताए।

“भुटानले शिक्षा, स्वास्थ्यमा राज्यको भूमिका र पछिल्लो समयको पर्यटन नीतिबाट लेखक एकदमै प्रेरित भएको कुरा पुस्तकमा उल्लेख छ,” पौडेलले भने।

जलवायु परिवर्तनका कारण नेपालको पर्यावरणमा देखिएको समस्या र निम्तिरहेको विनाशका सन्दर्भमा भुटान भून्य कार्वन उत्सर्जन गर्न सफल भएको तथा यसका लागि पर्यावरण-विकासबीचको तालमेल धेरै मुलुकका लागि अनुकरणीय हुने पौडेलले बताए।

“नेपालले भूटानले अपनाएको पर्यावरणको नीति अवलम्बन गर्न जरुरी छ,” पौडेलले भने, “त्यसका निम्ति यो पुस्तक सहयोगी बन्छ।”   

पुस्तकका लेखक उपसचिव पौडेलले भुटानको चार दिने भ्रमणका क्रममा आफूले देखेको-भोगेको अनुभवले अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने र अध्ययन गर्नेहरूलाई रुचीको विषय बन्न सक्ने बताए।

कार्यक्रममा परराष्ट्र सम्बन्धी चासो तथा जानकारी राख्ने नेपालका धार्मिक अभियन्ता प्रदीप खनाल, परराष्ट्र मन्त्रालयका अन्य कर्मचारीहरूको समेत उपस्थिति थियो।

आफ्नो सिमा नजिक ट्रम्पले युद्दक बिमान पठाए पछि भेनेजुएलालाले खटायाे १४ हजार सैनिक

काठमाडौं, १२ भदौं । अमेरिकामा लागुऔषध नियन्त्रणको नाममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई रडारमा राखेका छन् । एउटा निर्णयमा ट्रम्पले भेनेजुएलाको सीमामा ३ युद्धपोत पठाए पछि दुई देशबीचको तनाव चरम सीमामा पुगेको छ ।

बदलामा, निकोलस मादुरोको भेनेजुएलाले अमेरिकालाई नियन्त्रणमा ल्याउन ३ वटा योजना तयार गरेको छ । भेनेजुएला सरकारले यो योजना अन्तर्गत काम गरिरहेको छ।

पहिलो योजना, भेनेजुएला सरकारले अमेरिकाका कट्टर विरोधी देशहरूलाई सम्पर्क गरिरहेको छ। यस सम्बन्धमा चीनसँग पहिलो पटक उसले सहयोग मागेको छ । चीनले पनि भेनेजुएलाको पक्षमा विज्ञप्ति जारी गरेको छ । अमेरिकाले भेनेजुएलाको सीमामा जहाज पठाएकोमा चीनले सार्वभौमसत्ता विरुद्ध रहेको बताएको छ ।

त्यस्तै भेनेजुएलाका विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग पनि कुराकानी गरेका छन् । अमेरिकी दमनका विरुद्ध संयुक्त लड्ने गरी दुई देशबीच सहमति भएको छ । इरानलाई अमेरिकाको कट्टर शत्रु मानिन्छ। भेनेजुएलाले ब्राजिल र रुस जस्तादेशलाई पनि साथमा ल्याउने प्रयास गरिरहेको छ । यी देशहरू पनि अमेरिका विरोधी देशका रूपमा मानिन्छन् ।

दोस्रो योजना, भेनेजुएलाले आफ्नो सिमानामा १५ हजार सैनिक तैनाथ गर्ने निर्णय गरेको छ । भेनेजुएलाले यी सैनिकहरूलाई कोलम्बियाको सीमा नजिक तैनाथ गरेको छ। अमेरिकाले यहाँ ४ हजार मरिन गार्डसहित ३ जहाजसमेत पठाइसकेको छ । रिपोर्टका अनुसार कोलम्बिया सीमामा अमेरिकी सेनासँग लड्न रुसले भेनेजुएलालाई इरानको साहेद ड्रोन पाएको छ । भेनेजुएलाले यो ड्रोनबाट अमेरिकी जहाजमा सजिलै आक्रमण गर्न सक्छ।

तेस्रो योजना, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई निशाना बनाएका छन्। मदुरोका अनुसार विश्वमा अमेरिकाको प्रभाव घट्दै गएको छ । यसलाई सच्याउन भेनेजुएलालाई लक्षित गरिएको छ। भेनेजुएलाले आफ्नो मिलिशिया सक्रिय गर्ने कुरा गरेको छ। भेनेजुएलामा मिलिशिया समूहलाई निकै खतरनाक मानिन्छ। 

अगस्ट २०२५ को सुरुमा अमेरिकाले निकोलस मादुरोलाई ५ करोड डलरको इनाम दिने घोषणा गरेको थियो । भेनेजुएला हुँदै अमेरिकामा लागूऔषध पठाइँदै आएको अमेरिकाको दावी छ । ह्वाइट हाउसका प्रवक्ता क्यारोलिना लभिएटका अनुसार मादुरो ड्रग्स कार्टेलका नेता हुन्। त्यसैले उनीमाथि ५० मिलियन डलरको इनाम राखिएको हो ।

यो पुरस्कार प्रसिद्ध आतंकवादी अबु बकर अल–बगदादी र ओसामा बिन लादेनको भन्दा दोब्बर छ। यसैबीच, डेली मेलले एक रिपोर्ट जारी गरेको छ, जसमा इरानी आतंकवादी भेनेजुएला हुँदै अमेरिका प्रवेश गरेको र यो अमेरिकाका लागि ठूलो खतरा भएको बताइएको छ।

त्यसयता अमेरिकी प्रशासन भेनेजुएलामा कारबाही मोडमा छ भने अर्कोतर्फ भेनेजुएलाले अमेरिकाले जानाजानी बदनाम गरिरहेको जनाइरहेकाे छ ।

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, १२ भदौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार

आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार, ई.सं २०२५ अगस्त २८, नेपाल सम्बत ११४५ ञलाथ्वा पञ्चमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल पञ्चमी, पञ्चाङ्गः शुक्ल बालव चित्रा चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः  काैलब, योगः शुक्ल । आज गणेश चतुर्थी तथा राष्ट्रिय धर्मसभा दिवस पनि हो । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०९ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मायाप्रीति र सामीप्य बढ्ने तथा मित्रता र प्रेमको बन्धन कसिने वेला हो । कुनै भोज÷पार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । बाध्यतामा खुम्चनुपर्ने समय हो, आर्थिक दृष्टिले पनि कमजोर समय देखिन्छ । कुनै लाभमूलक काम छ भने लापरवाही गर्नु हुँदैन । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्दैनन्, तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । 

लोडसेडिङको अन्त्य राजनीतिक आँटले मात्र सम्भव भएको हो: प्रचण्ड

काठमाडौं, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित “नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्य : रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना” विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उहाँले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।

अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए ।

“हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,” उनले भने ।

कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि उनले स्मरण गरे ।

ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको अध्यक्ष प्रचण्डले बताए।

“यो सबै नयाँ नेपालको सपना थियो, त्यो दिनदेखि नै सुरु गरिएको हो,” उनले भने ।

अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको स्मरण गरे ।

“जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक आँट थियो,” उनल स्पष्ट गरे ।

देशमा ऊर्जा विकासको सम्भावना भए पनि अवरोध पुर्‍याउने मुख्य कारण पुराना झण्झटिला कानुन र नियम अझै  परम्परावादी हुनु र नौकरशाहीको सोच पुरानो शैलीमै सीमित हुनु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

“पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जनपक्षीय सेटिङ बनाउनैपर्छ,” उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले स्व. पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने, महत्वपूर्ण परियोजना अघि बढाउने र छिमेकीहरूसँग सहकार्य विस्तार गर्ने नेताका रूपमा स्मरण गरे।

“बोगटीजस्तो इमान्दार र निष्ठावान् नेताको योगदानलाई राष्ट्रले सम्झनैपर्छ,” उनले भने ।

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनू नेतृत्वको भिजन र योजनाको मुल्याङ्कन गर्ने दृष्टिम कमजोरी भएको बताउँदै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वको भिजन, रणनीति र आँट नै निर्णायक रहेको बताए ।

“यदि राजनीतिक नेतृत्वको भिजन र जोखिम लिन सक्ने क्षमता नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,” उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले भारत र बंगलादेशसँग ऊर्जा व्यापारका लागि आफूले प्रधानमन्त्री हुँदा निरन्तर पहल गरेको स्मरण गर्दै, निजी क्षेत्रलाई नाफा कमाउने वातावरण बिना लगानी सम्भव नहुने बताए ।

“लगानीमैत्री वातावरण बनाउन माओवादी नेतृत्वकै सरकार दृढ रह्यो,” उनले भने।

हालको अस्वस्थ प्रतिस्पर्धा, संस्थागत अतिक्रमण र विधेयक पारित गर्न ढिलाइले ऊर्जा क्षेत्रमा प्रगति अवरुद्ध भएको भन्दै उहाँले सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।

“विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरेर लगानी र विकासको बाटो खोल्नुपर्छ,” उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट आएको गणतन्त्र, संघीयता, समावेशीता र समानुपातिक प्रतिनिधित्व माओवादीकै नेतृत्वको उपलब्धि भएको बताए ।

“माओवादी हुँदा लोडसेडिङ अन्त्य भयो, राष्ट्रिय गौरवका आयोजना अगाडि बढे, शिक्षा र निजामती सेवा सम्बन्धी विधेयक दर्ता भए,” उनले स्मरण गराए ।

उनले कांग्रेस र एमालेलाई भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिका कारण आलोचना गर्दै भने, “यो सरकार डरबाट बनेको हो, यसबाट सुशासन र समृद्धिको आशा गर्न सकिँदैन ।”

अध्यक्ष प्रचण्डले हाल सालैको विभिन्न चुनावी परिणाममा जनताले माओवादीलाई विश्वास गर्दै गएको दाबी गरे ।

“जनताले बुझ्न थालेका छन्—देश बनाउन सक्ने शक्ति माओवादी नै हो,” उनले भने ।

अध्यक्ष प्रचण्डले ऊर्जा क्षेत्रलाई राष्ट्रिय हित, जनताको भावना र समृद्धिको आधार मानेर सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

“हामीले सामूहिक संकल्पमार्फत यो राष्ट्रलाई नयाँ युगतर्फ लैजान सक्छौँ । पोस्टबहादुर बोगटीजस्तो नेता नै हाम्रो प्रेरणा हुन्,” उहाँले पोस्टबहादुर बोगटीलाई स्मरण गर्दै भने।