प्रतिनिधि सभा बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।

बैठकमा  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली  मस्यौदा समितिको प्रतिवेदन,२०८३ माथि दफावर छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायक प्रस्तुत गरिनेछ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।