२०८३ जेष्ठ १७, आइतवार

रामहरी खतिवडाले दिए सभापतिवाट राजिनामा

काठमाडौं, २७ साउन । अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । 

`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजिनामा दिएका हुन् ।

सो सबन्धमा गठित जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।

तर, समितिले आफूलाई दोषी नठहराएको उनले जिकिर भने गरेका छन। उनले राजिनामा दिदैँ भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

मुम्बई, २८ साउन । दक्षिण भारतीय चलचित्र ‘महावतार नरसिंह’को कमाईको गति रोकिने संकेत देखिएको छैन ।

यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ। यो एनिमेटेड फिल्मले देशमा मात्रै नभई विदेशमा पनि दिनहुँ राम्रो व्यापार गरिरहेको छ। अब यो चलचित्रले कमाईको हिसाबले नयाँ रेकर्ड बनाएको छ । ‘महावतार नरसिंह’ धमाकेदार दुई सय क्लबमा प्रवेश गरिसकेको छ ।

यो फिल्म २५ जुलाईमा रिलिज भएको थियो । जसलाई अश्विन कुमारले निर्देशन गरेका हुन् । निर्माताका अनुसार ‘महावतार नरसिंहा’ ले विश्वव्यापी बक्स अफिसमा दोहोरो शतक बनाएको छ । होम्बाले फिल्म्सले एक्स अकाउन्टमा पोष्टमार्फत फिल्मको विश्वव्यापी संग्रहको जानकारी दिएको छ । जस अनुसार ‘महावतार नरसिंह’ ले विश्वभर २ सय १० करोड रुपैयाँ संकलन गरिसकेको छ ।

हालै यो फिल्मले ‘हनुमान’ र ‘स्पाइडर म्यानः एक्रोस द स्पाइडर भर्स’ जस्ता फिल्महरूलाई पछि पार्दै भारतमा सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्मको  कीर्तिमान बनाएको छ। यस बाहेक घरेलु बक्स अफिसमा कमाईको मामिलामा ‘महावतार नरसिम्हा’ले ‘इन्क्रेडिबल्स २’ (२०१८) लाई पनि उछिनि सकेको छ ।

‘महावतार नरसिम्हा’ ले घरेलु बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहेको छ । रिलिजको तेस्रो हप्तामा पनि चलचित्र बक्स अफिसमा रोकिने संकेत देखिएको छैन । सकनिल्कका अनुसार तेस्रो सोमबार अर्थात १७ औं दिन फिल्मले ५.२५ करोडको व्यापार गरेको थियो । यसरी ‘महावतार नरसिम्हा’ले भारतमा अहिलेसम्म १७४.९० करोड रुपैयाँ कलेक्सन गरिसकेको छ । यो फिल्मको कथा भगवान विष्णुका अवतार नरसिंहमा आधारित छ । यो चलचित्र ४० करोडको लागतमा बनेको हो ।

अश्विन कुमारले निर्देशन गरेको ‘महावतार नरसिंहा’लाई क्लेम प्रोडक्सनको ब्यानरमा शिल्पा धवन, कुशल देसाई र चैतन्य देसाईले निर्माण गरेका हुन् भने यसलाई होम्बल फिल्म्सले प्रस्तुत गरेको हो । यो फिल्म हिन्दी र साउथ भाषामा थ्रीडी र टुडीमा रिलिज भएको छ । यस ब्रह्माण्ड अन्तर्गत भगवान विष्णुका १० अवतारमा फिल्म बनाउने घोषणा भइसकेको छ।
 

आजको राशिफलः २०८२ साउन २८ गते बुधवार

आजको राशिफलः २०८२ साउन २८ गते बुधवार, ई.सं २०२५ अगस्त १३, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्थी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, पञ्चाङ्गः धृति बालव उत्तरभाद्र, सुर्य कर्कट राशीमा, करणः काैलब, योगः धृति । आज  विश्व सुलेखन दिवस  । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४२  मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जिरा पानी खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०९ मिनेट देखि ८ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । चिन्तारशङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्‌नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्‌नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध र सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।

वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने ट्रम्पको घोषणा

वासिंगटन डिसी, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब राजधानी वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने घोषणा गरेका छन् । 

अमेरिकन राजधानीको बिग्रँदै गएको शान्ति सुरक्षाको अवस्थालाई पुनः सन्तुलनमा ल्याउने उनको उद्देश्य रहेको बताएका छन् । 

सोमबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले राजधानीमा ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्ट’ को धारा ७४० लागू गरेको बताएका छन् । यसको मतलब डीसी महानगरीय प्रहरी अब प्रत्यक्ष संघीय नियन्त्रणमा सञ्चालन हुनेछ।

ट्रम्पले ह्वाइट हाउसमा भने, ‘हाम्रो राजधानीलाई हिंसात्मक गिरोह र अपराधीहरूले घेरेको छ, सन् २०२४ मा हिंसात्मक अपराध ३० वर्षकै न्यून पुग्यो । हामी नेशनल गार्डको सहयोगमा कानून र व्यवस्थालाई पुनर्स्थापित गर्नेछौं।’

यो वर्ष वासिङ्टन डिसीमा ९८ जनाको हत्या भएको छ भने विभिन्न जातिय द्वन्द्वका कारण ३ हजार ७ सय ८२ जना घरबारविहीनसमेत भएका छन् ।

राष्ट्रपति ट्रम्पले आफूले सन् १९७० को ‘होम रुल’ ऐन प्रयोग गरेको बताए। यसले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा ४८ घण्टासम्म सहर प्रहरीलाई नियन्त्रणमा लिन अधिकार दिएको छ।

कानुनअनुसार राष्ट्रपतिले वासिङ्टन डिसीसँग सम्बन्धित कानुन बनाउने संसदीय समितिका अध्यक्ष र सदस्यलाई जानकारी दिएमा लामो समयसम्म प्रहरी नियन्त्रण कायम गर्न सकिने व्यवस्था छ ।

यद्यपी ट्रम्पले यो औपचारिक जानकारी दिएका छन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन । नियमअनुसार ३० दिनभन्दा बढी समयसम्म सहरको नियन्त्रण कायम राख्ने हो भने संसदबाट कानुन पास गर्नुपर्ने हुन्छ ।

ट्रम्पले ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन प्रमुख टेरी कोललाई मेट्रोपोलिटन पुलिस प्रमुखको रूपमा नियुक्त गर्ने घोषणा गरेका छन्। हाल यो अस्थायी पद हो।

ट्रम्पले कोलको प्रशंसा गर्दै भने कि उनी देशका उत्कृष्ट अधिकारीहरूमध्ये एक हुन्। उनले विभागलाई कडाइका साथ सञ्चालन गर्न कोललाई निर्देशनसमेत दिएका छन् ।  हाल, वाशिंगटन डीसीको मेट्रोपोलिटन पुलिसको प्रमुख एमिटिभस जोनसन हुनुहुन्छ।

कुल्ली हेर्न सिंगापुरको एक कम्पनिले दियो कर्मचारीलाई बिदा, साथमा ३० डलरमा

मुम्बई, २७ साउन । सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ ।

सिंगापुरको एउटा फर्मले फिल्म ‘कुली’ हेर्ने आफ्ना कर्मचारीलाई तलब विदा दिने घोषणा गरेको बताइएको छ।

फर्मले आफ्ना तमिल कर्मचारीहरूलाई पहिलो शो हेर्न टिकट दिने घोषणा गरेको छ। यति मात्र होइन, उनले खाना र पेय पदार्थमा खर्च गर्नका लागि ३० सिंगापुर डलर पनि दिनेछन् ।

सोसल मिडिया प्लेटफर्म एक्समामा एउटा तस्विर भाइरल भएको छ। मानिसहरूले यसलाई धेरै कमेन्ट र लाइक गरिरहेका छन्। चलचित्रको एल्बम केही दिन अघि रिलिज भएको थियो । 

यसमा ‘कुली डिस्को’, ‘चिकितु’, ‘उइरनादी नानबने’, ‘आई एम द डेन्जर’, ‘कोक्की’, ‘पावरहाउस’, ‘मोबस्ता’ जस्ता गीत छन् ।

‘कुली’बाट जनताले धेरै अपेक्षा गरेका छन् । यो धेरै देशमा रिलिज हुने तमिल फिल्म पनि रहेको बताइएको छ । लोकेश कनकराजको एक्सन इन्टरटेनर फिल्म अगस्ट १४ मा हलमा रिलिज हुँदैछ ।

धनुषसँगको ‘अफेयर’ बारेमा मृणाल ठाकुरले मुख खोलिन्, ‘हास्याँस्पद र झुटो’

मुम्बई, २७ साउन । हालै साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको लिंकअपको बारेमा धेरै खबरहरु बाहिर आएका थिए । 

धनुष मृणालको जन्मदिनको पार्टीमा देखिएका थिए । यस क्रममा उनीहरु एकअर्काको हात समातेको देखियो । अहिले मृणाल आफैंले यी समाचारमा प्रतिक्रिया दिएकी छिन् ।

ओन्ली कलिउडको रिपोर्टका अनुसार मृणालले हालै धनुषसँगको आफ्नो अफेयरको खबरमा पहिलो पटक प्रतिक्रिया दिएकी छिन् । उनले धनुषलाई असल साथी मात्रै भनेकी छिन् । मृणालले आफू र धनुषलाई यी अफवाह हास्याँस्पद लागेको बताए । अजय देवगनले धनुषलाई ‘सन अफ सरदारः२’ को प्रिमियरमा बोलाएको पनि मृणालले बताइन् ।

मृणाल ठाकुरले भनिन्, ‘धनुष र म असल साथी हौँ । अहिले मेरो र उहाँको सम्बन्धलाई लिएर विभिन्न खालका खबरहरु चलिरहेका छन् । मैले तिनी समाचारहरू देखे। यो धेरै हास्याँस्पद थियो। सन अफ सरदार २ को कार्यक्रममा धनुष उपस्थित थिए । कसैले गलत नबुझ्नु होला । उनलाई अजय देवगनले निम्तो दिएका थिए ।’

केही समय अघि न्युज १८ ले मृणाल र धनुषको अफेयरको खबरलाई स्रोतलाई उद्धृत गर्दै सार्बजनिक गरेको थियो । उसले लेखेका थियो, ‘हो, यो सत्य हो कि दुवैजना डेट गरिरहेका छन् । तर उनीहरुको सम्बन्ध अझै नयाँ छ र उनीहरुले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्दैनन् । उसलाई बाहिर घुम्ने र देख्ने कुनै तनाव छैन। उनका साथीहरूलाई थाहा छ।’  तर, अहिले अभिनेत्री मृणाल आफैंले यी समाचारलाई झुटो भनेकी छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने मृणाल फिल्म ‘सन अफ सरदारः२’ मा देखिएकी थिइन् । अहिले पनि यो फिल्म हलमा छ । यो फिल्ममा अजय देवगन, नीरु बाजवा, रविकिशनजस्ता स्टार पनि छन् ।
 

रासायनिक मलका बारेमा प्रधानमन्त्रीले कृषिमन्त्रीसँग जानकारी लिने

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् ।

प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएका छन् ।

किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आएका छन । प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए ।
 

जहाँ ट्रम्प–पुटिन बैठक हुदैँछ, त्यहीँ नजिक देखिए ५ चिनियाँ अनुसन्धान जहाज

अलस्का, २७ साउन । लास्काको आर्कटिक क्षेत्रमा पाँच चिनियाँ आइसब्रेकर जहाजको अचानक उपस्थितिले अमेरिकी गुप्तचर र तटरक्षकलाई सतर्क गराएको छ।

यो त्यही क्षेत्र हो, जहाँ तीन दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको महत्वपूर्ण बैठक हुन लागेको छ । अमेरिकी एजेन्सीहरू यसलाई हल्का रूपमा लिने मूडमा छैनन्। कुनै अप्रिय घटनाले उनीहरु चिन्तित छन् ।

उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्ड र अमेरिकी उत्तरी कमाण्डका अनुसार यी जहाजहरूमा अनुसन्धानमा केन्द्रित धेरै आइसब्रेकरहरू पनि समावेश छन्।

यो संख्या अमेरिकी कोस्ट गार्डको सम्पूर्ण आर्कटिक फ्लीट भन्दा साढे दुई गुणा बढी हो। टिडब्लुजेड रिपोर्टका अनुसार अमेरिकामा हाल दुईवटा मात्रै आइस ब्रेकरहरू छन्। यी मध्ये एउटा भारी ध्रुवीय तारा हो र अर्को मध्यम हेलो हो।

अमेरिकी एजेन्सीहरूका अनुसार यी जहाजहरू हाल अन्तर्राष्ट्रिय जल सीमामा छन् र यसलाई हाल ‘होमल्याण्ड डिफेन्स’ खतरा मानिएको छैन तर अमेरिकी उत्तरी कमाण्डले यो संख्या विगतका वर्षहरूको तुलनामा बढी भएको र खतरा बढ्दै गएको सङ्केत गरेको छ।

अगस्ट ५ः कोस्ट गार्ड सि १३०–जे, हर्कुलस विमानले बेरिङ सागरमा बेरिङ सी र जोङ साङ दा छ्यु जी दि लाई ट्र्याक गर्यो।

अगस्ट ६ः कोस्ट गार्ड कटर वेस्चेले चुक्ची सागरमा झोङ शान दा जुई दिलाई फेरि रोके।

छ्युइ लङ २ः नामको चिनियाँ अनुसन्धान आइसब्रेकर अमेरिकाको विस्तारित महाद्वीपीय शेल्फ सीमा भित्र १३० समुद्री माइल भित्र देखिएको थियो।

ग्याँस, मधुमेह, एसिडिटी र मृगौलाको समस्या भएकाले खानु हुन्न म्याङ्गाे शेक

काठमाडौं, २६ साउन । मनसुनमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । 

यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्।

आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा पिसे पछि खान मन पराउँछन्। तर, पनि धेरैलाई यो गर्मीमा म्याङ्गो शेक पिउन मन पर्छ । सिमित मात्रामा सेवन गर्दा राम्रो हुन्छ।

आँपमा पोटासियम, फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन ई, ए, के, सी र बी ६ जस्ता पोषक तत्व पाइन्छ। यस्तो अवस्थामा यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर म्याङ्गो शेक बनाउन दूध, चिनी, आइसक्रिम र अन्य धेरै सामग्रीहरू प्रयोग गरिन्छ।

एक गिलास म्याङ्गो शेकमा करिब २५० देखि ३०० क्यालोरी हुन सक्ने डाइटिशियनहरू बताउँछन् । यसका साथै क्यालोरी पनि म्याङ्गो शेक बनाउन प्रयोग गरिने सामग्रीमा निर्भर हुन्छ। यदि यसमा चिनीको मात्रा घटाइयो भने क्यालोरी पनि अलिकति घटाउन सकिन्छ।

क्यालोरी पनि दूध, चिनी र आइसक्रिम जस्ता चीजहरूमा निर्भर गर्दछ। म्यांगो शेकमा उच्च क्यालोरी हुन्छ, त्यसैले तौल घटाउन खोज्नेहरूले यसलाई सीमित मात्रामा पिउनुपर्छ। ग्याँस, मधुमेह, एसिडिटी र मृगौलाको समस्या भएमा यसको सेवन नगर्न डाइटिशियनहरू सल्लाह दिन्छन् ।
 

गाजा कब्जा गर्ने नेतान्याहु योजनाको बिरोधमा हजारौं इजरायली सडकमा

तेलअहिव, २६ साउन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् ।

इजरायलको यो योजनाको विश्वभरका संगठनहरूले निन्दा गरेका छन्, अब इजरायलमा नै यसको दिन दिनै विरोध सुरु भएको छ ।

शनिबार साँझबाट सुरू भएको तेलअवीव र इजरायलका विभिन्न शहरहरूमा हजारौं प्रदर्शनकारीहरू भेला भइरहेका छन्, इजरायलले गाजा शहर कब्जा गर्न योजनाबद्ध आक्रमण सुरु गर्नु अघि बन्धकहरू बसोबास र युद्धविराम सम्झौताको माग गर्दै उनीहरूले सो बिरोध प्रदर्शन गरेका हुन् ।

बन्धकहरूका परिवारहरूले योजनाको विरोध गर्न आम हड्तालको आह्वान गरेका छन् र यो आफ्ना प्रियजनहरूको लागि मृत्युको घण्टी हुने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघले गाजामा बन्दी बनाएका प्यालेस्टिनी नागरिकलाई पूर्ण सैन्य कब्जाले हानि पु¥याउने चेतावनी दिएको छ । इजरायली बन्धकहरूको लागि ‘विनाशकारी परिणाम’ हुन सक्छ। इजरायलका लागि बेलायती राजदूतले यो ‘ठूलो गल्ती’ हुने बताएका छन् ।

यो प्रदर्शन पछिल्ला केही महिनामा भएको सबैभन्दा ठूलो प्रदर्शन मध्ये एक थियो। यस कदमले कैदीहरूलाई खतरामा पार्ने, सैनिकहरूलाई अनावश्यक रूपमा खतरामा पार्ने र गाजामा मानवीय संकट गहिरो हुने भन्दै सेनाले गाजा कब्जा गर्ने योजनामा आपत्ति जनाएको थियो। अहिले यो निर्णयको विरोधमा जनता पनि खुलेर सडकमा उत्रिएका छन् ।

‘हाम्रा प्रियजनहरूको बलिदान दिने सरकारको निर्णयमा रातो झण्डा फहरिरहेको छ,’ बन्धक र बेपत्ता परिवार फोरमले शनिबारको जुलुस अघि एक प्रेससँग संक्षिप्तमा भने । फोरमले निर्णयकर्ताहरूलाई बृहत् बन्धक सम्झौतामा पुग्न, युद्ध रोक्न, हाम्रा प्रियजनहरूलाई फिर्ता ल्याउन, उनीहरूको समय सकिएको छ।’

यस योजनामा हमासलाई निशस्त्रीकरण गर्ने, सबै बन्धकहरूलाई फिर्ता गर्ने, पाँचवटा उद्देश्य राखिएको छ।