२०८३ जेष्ठ १७, आइतवार

प्रधानमन्त्री ओली र भियतनामकी उप राष्ट्रपति बिच के भयो कुराकानी ?

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको हो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबीच सरकार–सरकार, व्यावसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।

१५ बर्ष पछि पाकिस्तानी बिदेश मन्त्री बंगलादेशमा, आज नयाँ सम्झौता हुने

ढाका, ८ भदौं । पाकिस्तानका विदेशमन्त्री इशाक दार शनिबार बंगलादेशको राजधानी ढाका पुगेका छन् । 

सन् २०१२ यता पाकिस्तानका यति उच्च अधिकारीले बंगलादेशको भ्रमण गरेको यो पहिलो पटक हो। पछिल्लो ७२ घण्टामा दुवै देशका धेरै वरिष्ठ नेता र सैन्य अधिकारीबीच भेटवार्ता भएको छ ।

दारले बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसलाई पनि भेट्ने बताएका छन् । आइतबार दुई देशबीच व्यापार सम्झौता हुने अपेक्षा गरिएको छ ।

बंगलादेश कुनै समय पाकिस्तानको हिस्सा थियो र १९७१ मा स्वतन्त्र भयो। आज पनि ढाकाका धेरै मानिसहरूले त्यस अवधिको हत्या र अत्याचारका लागि पाकिस्तानले  माफी माग्नुपर्ने माग गर्छन्। तर, वर्तमान अन्तरिम नेता मोहम्मद युनुसको अडान फरक छ। 

उनीहरुले भारतले शेख हसिनालाई ‘गम्भीर अपराध’बाट जोगाएको आरोप लगाएका छन् । हसिनामाथि सन् २०२४ को विद्यार्थी आन्दोलनलाई बलपूर्वक दबाएको आरोप छ। यो आन्दोलन यति ठूलो भयो कि उनले देश छोडेर भारत भाग्नुपर्‍यो।

थोमस केन (इन्टरनेशनल क्राइसिस ग्रुप) भन्छन्, ‘हसीनाको पतन भारतको लागि एक रणनीतिक धक्का थियो र बंगलादेश–पाकिस्तान निकटता त्यसको परिणाम हो।’

हाल बंगलादेशले अवामी लिगलाई प्रतिबन्ध लगाएको छ र फेब्रुअरी २०२६ मा चुनाव हुनेछ। ढाकाले आरोप लगायो कि भारतले अझै पनि अवामी लिगलाई समर्थन गरिरहेको छ, जबकि भारतले आफ्नो भूमि कुनै पनि विदेशी राजनीतिक गतिविधिको लागि प्रयोग नगरेको बताउँछ।

आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार

आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार, ई.सं २०२५ अगस्त २४, नेपाल सम्बत ११४५ ञलाथ्वा पारू,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, पञ्चाङ्गः शिव बव पूर्व, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः बालव, योगः शिव । आज नेपालमा सूर्योदय बिहान ०५ः३९ मा भएको छ, सूर्यास्त साँझ ०६ः३२  मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जीराकाे सुप खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर १७ मिनेट देखि ९ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मविश्वास र मनोबल बढ्ने समय हो, तर प्रतियोगी वा प्रतिद्वन्द्वीका कारण केही चुनौतीहरू थपिन सक्छन् । अहिलेको संघर्ष र मिहिनेतले निकट भविष्यमा राम्रो नतिजा प्रदान गर्नेछ ।  आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्‌न सक्दैनन् । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कसैलाई पनि आँखा चिम्लिएर झट्ट विश्वास गर्नुहुँदैन, कार्यक्षेत्र वा व्यवसायमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्‌नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निर्णय तपाईंको सुखद अनुभवको कारक बन्नेछ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्‌नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ ।

आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने

काठमाडौं, ८ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेशको थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ 

राती भने देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ । 

सुटकेश भित्रवाट महिलाको शब बरामद

रौतहट, ८ भदौं । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ।

हत्या गरि सुटकेश भित्र बन्द गरी शनिवार राती करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा फालिएको सुटकेश भित्रबाट शब फेला परेको हो।

डोरीले बेरिएको सुटकेश लबारिश अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। सुचना पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुट केश भित्र शब रहेको थाहा पाएपछी घटनास्थल रात भरि घेरा हालेर सुरक्षा प्रदान गरेकोमा आइतवार बिहान सुट केश खोल्दा बिबाहित महिलाको शब भेटिएको प्रहरीले जनाएको छ। 

रौतहट जिल्लामा यस्तो अवस्थामा शब भेटिएको यो पहिलो घटना रहेकोले स्थानीयहरू चकित देखिएका छन्।

गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। सुटकेश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटना स्थलमा पुगेका प्रहरी अधिकारीले जनाएको छ।

केही कागजात पनि भेटिएको छ भने महिलाको सुरुवालको खल्ती बाट केहि नगद रुपैया पनि भेटिएको प्रहरीले जनाएको छ।

बेवारिश अवस्थामा भेटिएको महिलाको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको नायव प्रहरी उपरिक्षक राजु कार्कीले जनाएका छन्।

नेटो माथी जासुसी गर्न रूसले बनायो अलग्गै संरचना

मस्को, ८ भदौं  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटोमाथि नजर राख्न एउटा ठूलो जासुसी केन्द्र तयार पारेका छन् । स्याटेलाइट छवि र खुला स्रोत अनुसन्धानबाट यो खुलासा भएको हो।

तस्बिरहरूका अनुसार यो जासूस बेस कालिनिनग्राद क्षेत्रमा निर्माण भइरहेको छ। अर्थात्, पोल्याण्ड र लिथुआनियाको बीचमा रूसको सेमी–एक्सक्लेभ एउटै क्षेत्र, जुन दुवै नाटो सदस्यहरू हुन्।

दुई वर्षदेखि सञ्चालनमा आएको यो आयोजना अहिले लगभग सम्पन्न भएको छ । तस्विरहरूले देखाउँदछ कि यहाँ निर्माण भइरहेको संरचना सर्कुलरली डिस्पोज्ड एन्टेना एरे (सिडिएए) जस्तै छ। सिडिएए प्रणाली रेडियो खुफियाको मास्टर हो।

न्यूजवीकको समाचार अनुसार कालिनिनग्रादलाई पहिले नै युरोपको सबैभन्दा सैन्यीकृत क्षेत्र मानिन्छ। रुसले यहाँ मिसाइल, राडार र नौसेना बेस तैनाथ गरेको छ । अब यो नयाँ जासुसी केन्द्रको साथ रसियाले नाटो देशहरूको सञ्चारलाई सीधा अवरोध गर्न सक्षम हुनेछ।

यो बेसले नाटोको जासुसी मात्र नभई बाल्टिक सागर र उत्तरी एट्लान्टिकमा तैनाथ रुसी पनडुब्बीहरूसँग पनि राम्रो सम्पर्क कायम राख्न सक्ने विज्ञहरू विश्वास गर्छन्।

विश्लेषकहरू भन्छन् कि यो जासुसी संरचनाको आकार कुनै पनि विद्यमान सिडिएए भन्दा धेरै ठूलो छ। एन्टेनाको सर्कल लगभग १६०० मिटरसम्म फैलिएको अनुमान गरिएको छ। तस्बिरहरूमा धेरै गोलाकार घेराहरू एन्टेनाका लागि खनिएका खाडलहरू र बाक्लो सुरक्षा पर्खालहरू स्पष्ट रूपमा देखिन्छन्।

यदि हामीले स्याटेलाइट फोटोहरू तुलना गर्छौं भने, भिन्नता स्पष्ट रूपमा देखिन्छ। जहाँ २०२३ मा घना जंगल थियो, अहिले जग्गा समतल छ । चारैतिर घेरा बनाएर सुरक्षा पर्खाल लगाइएको छ । अगस्ट २०२५ सम्म ६ वटा विभिन्न एन्टेना रिंगहरू निर्माण भइसकेका छन्, जसको मतलब काम द्रुत गतिमा अन्तिम चरणमा पुगेको छ।

उत्तर कोरियाले बनायो चीनको सीमाबाट २७ किलोमिटर टाढा गोप्य सैन्य बेस

प्योङयाङ, ६ भदौं । विश्वभरको तनावलाई मध्यनजर गर्दै उत्तर कोरियाले गोप्य बेस तयार गरेको छ । 

अमेरिकी थिंक ट्याङ्कका अनुसार किम जोङको सरकारले ९ आणविक क्षेप्यास्त्र र त्यसका लन्चरहरू यस बेसमा राखेको छ, जहाँबाट आपतकालीन अवस्थामा शत्रु देशहरू माथि आक्रमण गर्न सक्नेछ। यस बेसको नाम सिनपुङ–दाङ हो, जुन चीनको सीमाबाट २७ किलोमिटर मात्रै टाढा छ । उत्तर कोरियाले यस बेसको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन्।

स्टकहोम इन्टरनेशनलका अनुसार उत्तर कोरियासँग हाल ५० वटा आणविक हतियार छन्, जसले विश्वलाई तहसनहस पार्न सक्छ। यो बेस उत्तर प्योङयाङको एउटा टापु नजिकै अवस्थित छ। यहाँबाट चीनको दूरी २७ किलोमिटर छ। जबकि अमेरिकाको दूरी ७ हजार किलोमिटर छ । अमेरिकाका मित्र जापान र दक्षिण कोरिया यहाँबाट १०० किलोमिटरभन्दा बढी टाढा रहेका छन् । सिनपुङ–दाङलाई चीनको गोप्य अड्डा भनिन्छ ।

अमेरिकी थिंक ट्याङ्कले आफ्नो रिपोर्टमा बेस निकै ठूलो भएको बताएको छ । कम्तिमा १५ मिसाइलहरू यहाँ राख्न सकिन्छ। उत्तर कोरियाले हालसम्म यो बेसबारे केही बोलेको छैन। यहाँ भूमिगत प्रणाली तयार गरिएको छ। सिएनएनका अनुसार यो बेस निर्माणको अभ्यास सन् २००४ मा सुरु भएको थियो र सन् २०१४ मा सञ्चालनमा ल्याइएको थियो। त्यसयता उत्तर कोरियाका सैनिकहरू यहाँ सक्रिय छन्। प्रतिवेदनमा यो बेसको क्षेत्रफल २२ वर्ग किलोमिटर रहेको बताइएको छ ।

पहाडमा रहेको यो बेस चीनको नजिक छ। विज्ञहरू भन्छन् कि उत्तर कोरियाली तानाशाहले यो आधार निर्माणमा धेरै सावधानी अपनाएको छ। उत्तर कोरियाले युद्धको अवस्थामा पनि अमेरिकाले यस बेसमा आक्रमण नगर्ने विश्वास लिएको छ किनभने यस आधारमा भएको आक्रमणको प्रत्यक्ष असर चीनमा पर्नेछ । यस्तो अवस्थामा चीन पनि अमेरिका विरुद्धको युद्धमा उफ्रन सक्छ, जुन ठूलो युद्धमा परिणत हुनेछ । यही कारणले उत्तर कोरियाले सिनपुङ डोङमा गोप्य बेस तयार गरेको छ । सुरुमा यो गोप्य बेसलाई उत्तर कोरियाले रुखको हाँगाले छोपेको थियो तर अहिले यसलाई खोलिएको छ ।

उत्तर कोरियाको सबैभन्दा ठूलो शत्रु दक्षिण कोरिया हो । यसबाहेक जापान र अमेरिका पनि उत्तर कोरियाका शत्रु हुन् । युद्ध भएमा उत्तर कोरियाले फिलिपिन्ससँग पनि लड्नु पर्ने हुनसक्छ किनभने एसिया टापुमा अमेरिकासँगै दक्षिण कोरिया, फिलिपिन्स र जापानको बलियो गठबन्धन छ ।

यसैबीच उत्तर कोरियाले अमेरिकालाई आक्रमण गर्न सक्ने हतियार तयार गरेको छ । तानाशाह किम जोङ उनकी बहिनीले उत्तर कोरियाले आफ्नो आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने बताइन् ।

क्रिकेट: नेपाल र पाकिस्तान बिच प्रतिस्पर्धा हुँदै

काठमाडौ‌, ६ भदौं । नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुदैँछ ।

टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अष्ट्रेलियामा जारी शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ।

नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

अलास्कामा पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख नगद दिएको खुलासा 

मस्को, ६ भदौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ करोड ५२ लाख रुपैयाँ नगद दिएको खुलेको छ ।

अमेरिकी विदेश सचिव मार्को रुबियोका अनुसार अमेरिका भ्रमणबाट फर्कने क्रममा अलास्कामा आफ्नो विमानमा इन्धन भर्नका लागि पुटिनले ट्रम्पलाई सो रकम दिएका हुन् । 

पुटिन १५ अगस्टमा अलास्का पुगेका थिए । यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका थिए । रातो कार्पेट उनको स्वागत गरिएको थियो तर अमेरिकी प्रतिबन्धका कारण उनको टोलीले नगद तिर्नुपर्ने अवस्था भयो।

रुबियोले भने कि जब रूसी विमानहरू अलास्कामा अवतरण गरे, उनीहरूलाई इन्धन चाहिएको थियो । तर, अमेरिकी बैंकिङ प्रणाली प्रयोग गर्न अनुमति छैन, त्यसैले नगद लिइएको हो ।

रुबियोले रुसमाथि लगाइएका सबै प्रतिबन्धहरू अझै पनि लागू रहेको र रुसले हरेक दिन त्यसको प्रभावसँग संघर्ष गरिरहेको स्पष्ट पारेका छन्। तर, युक्रेन युद्ध रोक्न यसले कुनै प्रभाव पारेको छैन।

पुटिनको टोली अलास्कामा करिब ५ घण्टा बसेको थियो । ट्रम्प र पुटिनबीच करिब ३ घण्टा भेटवार्ता भएको थियो । यसमा युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति हुन सकेको छैन, यद्दपी प्रयास जारी रहेको छ ।

अमेरिकी प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीले यसप्रति कडा आपत्ति जनाएको छ । यदि पुटिन र ट्रम्पबीचको भेट निजी थियो भने यति ठूलो मात्रामा पैसाको लेनदेनले प्रश्न खडा गरेको उनीहरूको भनाइ छ ।

वासिङ्टनका राजनीतिक विश्लेषकहरू यस्तो ‘भुक्तानी बैठक’ले अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयतामा असर पार्न सक्ने विश्वास गर्छन्। रुसका विपक्षी नेताहरूले पनि पुटिनले यो रकम सरकारी कोषबाट दिए कि कुनै निजी कोषबाट दिए भन्ने प्रश्न उठाएका छन् ।

यसअघि पनि ट्रम्प र पुटिनबीचको सम्बन्ध अमेरिकी राजनीतिमा विवादको कारण बनेको थियो  । सन् २०१६ को चुनाव देखि रुस माथि लगाइएको प्रतिबन्धसम्म हरेक पटक ट्रम्पमाथि ‘पुटिनसँग गोप्य व्यवहार’ गरेको आरोप लागेको छ । यो नयाँ केसले ती डरहरूलाई अझ बलियो बनाएको देखिन्छ।

आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, ६ भदौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षा भइरहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसाे सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराइ र पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।