इन्डियन प्रिमियर लिग : चेन्नईमाथि पन्जाबको सानदार जित

 काठमाडौँ । १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा पन्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई पाँच विकेटले हराएको छ ।

घरेलु मैदानमा चेन्नईले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर दुई सय नौ रनको विशाल योगफल बनाएको थियो । पन्जाबले लक्ष्य पछ्याउँदा १८.४ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय १० रन बनाउँदै सानदार जित निकाल्यो ।

चेन्नईको यो लगातार दोस्रो हार हो । पन्जाबको यो दोस्रो जित हो ।