मधेस प्रदेशका पूर्व राज्यमन्त्री सिंह भ्रष्टाचारमा दोषी ठहर
काठमाडौँ । अदालतले मधेश प्रदेशका पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार (घुस र रिसवत) मुद्दामा दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद र जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष श्री सुदर्शनदेव भट्ट सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
अदालतले न्यूनतम कैद सजायले नै सजायको उद्देश्य पूरा हुने ठहर गर्दै बिगोअनुसार कैद र जरिवाना तोकेको जनाएको छ । महोत्तरी–२ बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका सिंहलाई जेठ ४ गते नै दोषी ठहर गरिएको थियो भने बुधबार सजाय निर्धारण गरिएको हो।
