मधेशमा काँग्रेसबाट २ र एमालेबाट एक जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौँ
पुष २३ गते,
मधेशमा चारजना राष्ट्रिय सभा सदस्यकाले लागि हुने निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट गठबन्धन गरेर उम्मेदवारी दर्ता गरिएको छ । नेपाली काँग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलिततर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको छ।
यस्तै महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन् । जनकपुरस्थित निर्वाचन कार्यालयमा उनीहरूले मनोनयन दर्ता गराए । खुल्लाबाट सो गठबन्धनबाट जसपाको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले र काँग्रेसले सो पदमा भने उम्मेदवारी दर्ता गराएका छैनन् ।
अल्पसंख्यकमा उम्मेदवारी दर्ता गराउने कर्ण नेविसंघका पूर्वकेन्द्रीय सभापति हुन् । दलिततर्फका पासवान भने दलित संघका केन्द्रीय सदस्य हुन् । उनले यसअघि कुनै अवसर पाएका थिएनन् ।
यस्तै महिलातर्फ उम्मेदवारी दिने एमालेकी झा २०७४ र २०७९ मा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी थिइन् । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् ।
