नेपाली कम्युनिस्ट पार्टी सप्तरी १ बाट नेता देखि पत्रकार सम्म सिफारिस

राजविराज

पुष १४ गते,

नेपाली कम्युनिस्ट पार्टी सप्तरी क्षेत्र नं. १ बाट संविधान सभा सदस्य अशोक कुमार मण्डल ‘अमर’ सहित ७ जनाको नाम सिफारिस भएको छ ।

अमर सहित सिताराम सिपलिया यादव, प्रकाश खतिवडा, नारायण आचार्य, कुमार पौडेल सिफारिस भएको छ भने जेनजी तर्फ राम कुमार रजक,सागर कुमार चौधरी सिफारिस भएको पार्टीले जनाएको छ ।

अशोक पार्टीका केन्द्रिय सदस्य हुनुहुन्छ भने खतिवडा पत्रकार सँगै राजनीतिकमा समेत सक्रिय रहेको पार्टीले जनाएको हो । संगठनात्मक रुपमा बलियो मानिने सप्तरी क्षेत्र नं. १ मा पार्टीवाट अशोक कुमार मण्डल प्रभावशाली नेता रहेको स्थानियको भनाइ छ ।