सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट, एक सैनिक जवानको मृत्यु
कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको जानकारी दिए। घटना आज बिहानको हो ।
