रास्वपा महाधिवेशनमा एमालेका वडाध्यक्ष प्रतिनिधि, कारबाहीको सिफारिस
काठमाडौँ । मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएपछि नेकपा (एमाले) ले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। एमालेबाट निर्वाचित सुवेदीलाई पदमुक्त गर्न एमाले मोरङले सिफारिस गर्ने निर्णय गरेको हो।
एमाले मोरङका सचिव सोमराज थापाका अनुसार असार ९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारी बैठकले सुवेदीलाई पदमुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। सुवेदीले सामाजिक सञ्जालमार्फत रास्वपाका सांसद गणेश कार्कीलाई केन्द्रीय सदस्य पदमा विजयी गराउन आग्रह गर्दै सार्वजनिक रूपमा समर्थनसमेत जनाएका थिए।
