मेरो कारणले देश बिग्रिएको हो भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईं
काठमाडौँ
कार्तिक ९ गते,
राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो कारणले देश बिग्रिएको भए आफू देश छोड्न तयार रहेको बताएका छन् । आइतबार काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटेलमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्तो भनाइ राखेका हुन् ।
उनले भने, ‘दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने म रेडी, म जान तयार छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’
कार्यक्रममा उनले आफू सुध्रिन तयार भएकोसमेत बताएका छन् । आफू ०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै जानेर–नजानेर जे–जे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताएका हुन् ।
