महाधिवेशनमा विद्याको विषय छलफल नहुने ओलीको भनाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन् ।
पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।
