लयान्स निलगीरीको ११ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा लायन माया थापा
लायन्स क्लब अफ काठमाडौं निलगीरीले आफ्नो ११औं वार्षिक साधारण सभा तथा पूर्व अध्यक्षहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम राजधानीको लप्सी गार्डेन, पानीपोखरीमा भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रमको अवसरमा नव-निर्वाचित कार्यसमितिको पनि घोषणा गरिएको थियो। नयाँ कार्यसमितिमा निम्न सदस्यहरू चयन भएका छन्:
- अध्यक्ष: लायन माया थापा
- उपाध्यक्ष: लायन शान्ती सुवेदी
- सचिव: लायन गणेश शर्मा
- कोषाध्यक्ष: लायन तेजमान

यसै अवसरमा क्लबका संस्थापक अध्यक्ष लायन पदमलाल सपाकोटा, साथै पूर्व अध्यक्षहरू लायन सुदिप सापकोटा, लायन किरण गौतम, सुमन श्रेष्ठ र लायन जिवन केसीलाई क्लबमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानपत्र तथा स्मृति चिन्ह प्रदान गरी विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा क्लबकी अध्यक्ष लायन माया थापाले लायन्स वर्ष २०८१/८२ मा क्लबले २४ भन्दा बढी सामाजिक कार्यहरू सम्पन्न गरेको उल्लेख गर्दै, स्वास्थ्य, शिक्षा, वातावरण तथा मानव सेवा सम्बन्धी कार्यहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
साथै, क्लबमा चार जना नयाँ सदस्यहरूको स्वागत गरिँदै क्लबलाई थप सशक्त र समावेशी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
उक्त कार्यक्रममा क्लबका सदस्यहरू, विभिन्न लायन्स क्लबका प्रतिनिधिहरू, विशिष्ट अतिथिहरू, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सांस्कृतिक प्रस्तुति, अनुभव साटासाट र सम्मानको भावनाले भरिपूर्ण बनाइएको थियो।
लायन्स क्लब अफ काठमाडौं निलगीरीले समाजसेवाको क्षेत्रमा विगत ११ वर्षदेखि निरन्तर क्रियाशील रही शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानव सेवामा सक्रिय भूमिका निभाउँदै आएको छ।
