‘प्रदेश खारेजी छाडेर चुपचाप सुशासन र विकासमा लाग्नुस्’-डा. भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।
रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र संघीयता भत्काउने निर्णय गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै त्यसो गरिए त्यो ठूलो भूल हुने चेतावनी दिएका हुन्।
डा. भट्टराईले रास्वपाको उक्त सम्भावित निर्णयप्रति विधिको शासन र राष्ट्रिय स्थिरताका दुई वटा मुख्य कोणबाट गम्भीर प्रश्न उठाएका छन्।
