‘मैले उम्मेदवारी फिर्ता लिएको छैन’ : आशिका तामाङ
काठमाडौँ
माघ ९ गते,
धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् ।
उनको उम्मेदवारी फिर्ताबारे सामाजिक सञ्जालमा हल्ला भइरहेको समयमा उनले उम्मेदवारी फिर्ता नलिएको प्रस्ट पारिन् ।
जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र छ भन्ने आरोप उनले खेपेकी थिइन् ।
