फेकनको साधारण सभा सम्पन्न, अध्यक्षमा वासु नेपाल

 शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिवार काठमाडौंमा भएको साधारण सभाले फेकनको नयाँ नेतृत्व चयन गरेको छ । फेकनको अध्यक्षमा वासुदेव नेपाल, उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल तथा सदस्यहरुमा इन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछाने निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष वासु नेपाल सहित फेकनियनहरु

साधारण सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सरकार फेकनसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

निर्वाचित भएसँगै अध्यक्ष वासु नेपालले सबैलाई समेटेर साझा फेकन बनाउने अभियानमा आफू लागिपर्ने प्रतिबद्धता जनाए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो