सोविता गौतम भन्छिन्–‘शासकीय स्वरूपको प्रस्ताव कहाँसम्म गएर सहमति हुन्छ भन्नेमा निर्भर हुन्छ’

काठमाडौँ । कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छिन् ।

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताइन् । गौतमले आफूहरूको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन् ।

त्यस्तै, गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्बिएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको बताइन् ।