टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
काठमाडौँ । सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसी अधिकारीविरुद्ध दायर आपराधिक मुद्दामा जिल्ला अदालत ललितपुरमा थुनछेक प्रक्रिया जारी रहेको छ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने विषयमा निर्णय गर्ने तयारी गरेको छ।
अधिकारीको बयान सम्पन्न भएपछि जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो। बहस प्रक्रिया पहिलो दिनमै निष्कर्षमा नपुगेपछि उनलाई हिरासतमा राखिएको थियो। सोही मुद्दामा बिहीबार पनि सुनुवाइ निरन्तर भइरहेको छ।
अदालत स्रोतका अनुसार आज सरकारी पक्षबाट बहस प्रस्तुत गरिनेछ भने त्यसपछि प्रतिवादीका कानुन व्यवसायीहरूले आफ्नो पक्ष राख्नेछन्। बहस प्रक्रिया सम्पन्न भएमा अदालतबाट थुनछेकसम्बन्धी आदेश जारी हुन सक्ने बताइएको छ।
