सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट
काठमाडौँ
माघ २१ गते,
सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुप्रसाद भट्टलाई दिइएको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनीष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ। भट्टले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन्।
