प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ।

बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ। साथै, केही नियुक्तिसम्बन्धी निर्णयसमेत हुन सक्ने बुझिएको छ।