पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि,कुलमान देखि बालेनसम्म को उपस्थिति

काठमाडौँ 

माघ १८ गते,

पत्रकार दिनेश सिटौलाको निधनपछि आइतबार काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारका अवसरमा सञ्चार, कला तथा सार्वजनिक क्षेत्रका विभिन्न व्यक्तित्व उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका थिए।

अन्त्येष्टिअघि सिटौलाको पार्थिव शरीरलाई केही समयका लागि चलचित्र विकास बोर्ड परिसरमा राखी श्रद्धाञ्जलीका लागि व्यवस्था गरिएको थियो। सो क्रममा कलाकारहरूका साथै बालेन साह र कुलमान घिसिङ लगायतका व्यक्तिहरू पशुपति पुगेका थिए।

उपचारका क्रममा निधन भएका सिटौलाको मृत्युको कारण ब्रेन ह्यामरेज रहेको अस्पताल स्रोतले जनाएको छ।