ललितपुर-३ मा रास्वपाबाट डा. तोसिमा कार्की उम्मेदवार बन्ने
काठमाडौँ
माघ ५ गते,
ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की दोस्रो पटक प्रतिस्पर्धा गर्ने भएकी छिन्।
रास्वपाले आगामी निर्वाचनका लागि उनलाई टिकट दिएको हो। २०७९ को निर्वाचनमा पनि डा. कार्की सो क्षेत्रबाट विजयी भएकी थिइन्।
