बालेन साह जनकपुरमा
काठमाडौँ
माघ ४ गते,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौँ महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।
वरिष्ठ नेता साह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् । साहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।
