सप्तरी क्षेत्र न. २ बाट पुराणा नेता देखि नया युवा उम्मेदवार सिफारिस

राजविराज

पुष १४ गते,

सप्तरीको सब भन्दा प्रभावशालि क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टी बाट प्रत्यक्ष तर्फ पुराना नेता देखि नया युवा उम्मेदवार गरी ७ जनाको नाम सिफारिस भएको छ।
सप्तरीबाट पूर्व मन्त्री उमेश कुमार यादव, संविधान सभा सदस्य सूर्यनाथ यादव, ध्रुव कुमार मण्डल, मधुसुदन यादव, केदार देव, गौरी संकर सिंह, रामेश्वर यादव लगायत को नाम सिफारिस भएको पार्टीले जनाएको छ।
छिन्नमस्ता गाउँपालिका वार्ड नम्बर ६, कुपही सप्तरी घर भएका मण्डल राजनीतिक शास्त्र र मैथिली दुवैमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ भने कानून मा स्नातकोत्तर समेत गर्नुएको छ ।
मध्य वर्गीय परिवार मा जन्मेका मण्डल सानैदेखि पढनमा अब्बल थिए। बच्चैदेखि छिटो बोल्ने, स्पष्ट बोल्ने, आफ्ना कुरा राख्न जान्ने, अनि सबैभन्दा ठूलो कुरा – अन्याय देख्दा चुप बस्न नसक्ने मण्डल विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आउनुभएको छ ।
विद्यार्थी नेता पढाइ मा कमजोर हुन्छ भने भ्रमलाई चिर्दै मण्डल ले विद्यार्थी राजनीतिक सँगै पढाइ मा समेत विद्यालय देखि क्याम्पस सम्म क्लास टप गर्दै आएको छ।
स्कुल कमिटिवाट २०५८/०५९ वाट राजनीतिक सुरुवात गरेका मण्डल २०६५ सालको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन को सचिव मा झिनो मतान्तर ले पराजित भएका थिए। जनआन्दोलन मधेश आन्दोलन आफ्नो प्रतिभा मधेश प्रतिको क्रान्तीकारी कविको रुपमा र उत्कृष्ट उदघोषक समेतको रुपमा समेत चिनिन्थ्यो।
क्रान्तिकारी कविका रूपमा परिचित मण्डल पत्रपत्रिकारीता र वकालत पेसामा समेत अब्बल रहेका मण्डलको एक स्थानीयले जिकिर गर्नुहुन्छ।
जनआन्दोलन देखि मधेस आन्दोलन सम्म थुनाबाट समेत आफ्नो लेख रचना प्रकाशित गराइ समाज परिवर्तन को वाटोमा हिडेका मण्डललाई नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नम्बर २ बाट सिफारिस गरेपछि युवा वर्ग मा उत्साह फैलिएको छ।
मलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रति पार्टी र नेता प्रति धन्यवाद दिदै उहाँले नेकपा माओवादीमा २०७१ सालमा प्रवेश गर्दा यस्तो सिफारिस को आशा समेत नरहेको स्पष्ट पार्नुभयो। मण्डलले समाज परिवर्तन को स्पष्ट खाका सहित सम्पूर्ण सप्तरीको मुहार परिवर्तन मा एकजुट हुनु सम्पूर्ण युवावर्ग मा आह्वान समेत गर्नु भयो।
देश गम्भीर मोडबाट गुज्रि रहेको प्रति दुख व्यक्त गर्दै उहाँले देशमा हरेक दश वर्ष मा आन्दोलन र परिवर्तन गर्नु दुर्भाग्य रहेको वताउनु भयो। उहाँले देशको निति र नेता देखि राष्ट्र सेवक को नियत पनि परिवर्तन हुनु आवश्यक रहेको जिकिर गर्नु भयो।