‘पत्र पाएपछि बयान दिने-नदिनेबारे निर्णय गर्छु’: पूर्व गृहमन्त्री लेखक
काठमाडौँ
पुष ८ गते,
पूर्व गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरी नसकेको बताएका छन् ।
लेखकले बयान दिन जाने-नजानेबारे आफूले पत्र पाएपछि निर्णय गर्ने बताएका हुन्।
जेन जेन्जी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको छ ।
