खानेपानी मन्त्रालयको जिम्मेवारी भण्डारीलाई 

काठमाडौँ 

पुष ५ गते,

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सो जिम्मेवारी दिएका हुन्। यसअघि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै थियो। 

भण्डारी एक साताअघि मात्र मन्त्री बनेका हुन्। उनी नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी हुन्।