एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौँ 

पुष ३ गते,

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । 

महाधिवेशनस्थल भृकुटीमण्डपमा १०:०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनले मतगणना सुरु भएको तीन घण्टामा मत परिणाम सार्वजनिक हुने बताए। आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरु भएको मतदान आज बिहान ७:०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।