चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ
मंसिर २६ गते,
नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरूले शपथग्रहण गरेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नामलाई मन्त्री नियुक्त गरेका हुन्।
भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
