चुनावमा भाग लिने कांग्रेसको निर्णय
काठमाडौँ
मंसिर ६ गते,
नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भाग लिने निर्णय गरेको छ। शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै भाग लिने औपचारिक निर्णय गरिएको हो।
निर्वाचनमार्फत नै संविधानको रक्षा तथा ‘जेन-जी’ प्रदर्शनका क्रममा परिवर्तनका निम्ति उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
