मधेश प्रदेशका दुई साँसदमाथि कारवाही, पार्टीबाटै हटाउने तयारी
जनकपुर
कार्तिक २७ गते,
तत्कालिन मुख्यमन्त्री जीतेन्द्र सोनलले विश्वासको मत लिने समयमा धोका दिएको भन्दै मधेश प्रदेशका दुई साँसदलाई कारवाही गरिने भएको छ । विश्वासको मतका दिन प्रदेश सभा बैठकमै पार्टीको ह्वीप निर्णय विरुद्ध कसैलाई विश्वासको मत नदिने भनि अनौठो तरिका प्रस्तुत गरेका नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारी र सांसद मालाकुमारी कर्णलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएको छ ।
अन्सारी र कर्णकै कारण पाँच दलीय गठबन्धनको लोसपा नेता जितेन्द्रप्रसाद सोनलको नेतृत्वमा रहेको सरकार विश्वासको मत नपाउँदै ढलेको थियो । सो विषयले अहिले माओवादी भित्र चर्किएको छ । प्रदेशसभामा भएको घटनालाई गैरसंवैधानिक रहेकाले दुवैजनालाई कारबाही प्रक्रिया अघि बढाइएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।
पूर्वमन्त्रीसमेत रहेका नेता साहले भने ‘पार्टीको ह्वीप नमानेर प्रदेश सभाकै बैठकमा वितण्डा मचाएको कारण पार्टी केन्द्रिय समितिले साधारण सदस्य समेत नरहने गरी कारवाही सहितको निर्णय गरिसकेको छ । केन्द्रबाट पत्र आएलगतै संसदीय पद खारेजका लागि प्रदेश सभामा सिफारिस गरिनेछ ।
