केपी ओली कानुनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल
काठमाडौँ
कार्तिक ४ गते
गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। ओलीमाथि अनुसन्धान हुन सक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो नहुने बताएका हुन्।
सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीलाई बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँचबुझ आयोगले भनेको प्रस्ट पारेका छन्।
ओलीले गृहमन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएकोबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘आयोगले गरेको हो। आयोगलाई भन्नुपर्यो नि, सरकारले गरेको होइन नि उहाँलाई।’ अर्यालले थपे, ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो, अब त्यस्तो हुँदैन।’
