देशमा शान्ति छ, डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ : मल्ल

७ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् ।

जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको बताउँदै मल्लले अहिलेको अवस्थामा सरकारले व्यवसायीहरूलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएका हुन् ।

जेनजी आन्दोलनपछि ती युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उनको भनाइ छ । उनले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रश्तुत गर्दै सरकारले अब गर्नैपर्ने कामका रुपमा स्टार्टअपलाई आगाडि बढाउनुपर्ने धारणा राखे ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले यस्तो धारणा राखेका हुन् ।