बच्चामा अटिज्म हुने भन्दै ट्रम्पले दिए गर्भवती महिलालाई यस पेन किलरबाट दूर रहन सल्लाह
न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्र चाँडै नै गर्भवती महिलालाई पेनकिलर औषधि टाइलेनोल प्रिस्क्राइबमा रोक लगाउने बताएका छन्। उनले यो औषधि र अटिज्मबीच सम्बन्ध रहेको दाबी गरेका छन्।
सोमबार ह्वाइट हाउसको ओभल अफिसमा स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरसँगै ट्रम्पले यो घोषणा गरेका हुन्।
