सिरहामा बालकको हत्या, मागिएको थियो ५ करोड फिरौती

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। उनको शव मंगलबार बिहान फेला परेको हो। तीन दिनअघिदेखि बेपत्ता भएका अभिषेकको शव अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए। 

सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न गएको ठानेर त्यति धेरै खोजतलास गरेनन्। तर, अर्को बिहानसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो।