आज पनि पूर्ण रूपमा अवरुद्ध छन् यी ५ सडक, दसैँको लागि आवतजावत गर्ने यात्रु मर्कामा
वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न पाँचवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। त्यसैगरि अन्य सातवटा राजमार्गमा पनि एकतर्फी मात्रै यातायात चलेका प्रहरीले जनाएको छ।
आज कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ। यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ।
त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिका-३ को एकुवामा पनि सडक अवरुद्ध छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ।
त्यसैगरि अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ। यहाँ पनि लामो सयदेखि सडक अवरुद्ध हुँदै आएको छ।
त्यसैगरि रसुवाको गल्छी-त्रिशूली-मैलुङ स्याफ्रु सडक, नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला, बागलुङको कालीगण्डकी करिडोर, नलपरासी पूर्वमा पर्ने कालीगण्डकी करिडोर, पूर्वपश्चिम राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र रुकुम पश्चिमको मध्यपहाडी लोकमार्गमा पनि अहिले एकफर्ती गाडी चलिरहेका छन्।
