एसी मिलान क्वार्टरफाइनलमा

इटालियन सिरी ए फुटबलको लिग लिडर एसी मिलान कोपा इटालियन फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा टोरिनोलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै मिलानले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
मिलानको मैदानमा निर्धारित र थप गरिएको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीअघि घरेलु टिम मिलान १० खेलाडीमा समेटिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्