प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता हुने
काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री नियुक्त भएलगत्तै मोदीले सामाजिक सञ्जालमा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेका थिए ।
