सिभिल बैंकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने

 सिभिल बैंकले लाभांश घोषणा गरेको छ । हाल सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंक मध्ये २६ वटा बैंक नेप्सेमा सूचिकृत रहेका छन् ।

जसमध्ये आर्थिक वर्ष २०७६÷०७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने सिभिल अन्तिम बैंक हो । यसअघि २५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
 
सिभिल बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि ०.४२ प्रतिशत नगद लाभांशसहित कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन