सुधन गुरुङको पत्रकार सम्मेलनमा हंगामा

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।

मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षत्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।

तर, अचानक उनलाई बाहिरबाट प्रेसमिटमा छिरेका व्यक्तिले सोध्छन्, ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईंहरुले कार्यन्वयन गर्न सक्नुभएको छ रु तपाईंहरुले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईहरुलाई ?’