जेन-जेडको पक्षमा लागेको भन्दै दिपकराज गिरीलाई धम्की
काठमाडौं । अभिनेता दिपकराज गिरीले आफूलाई फोन र म्यासेजमा धम्की आएको बताएका छन् । जेन-जेडको पक्षमा लागेको भन्दै गिरीलाई धम्की आएको हो ।
गिरीले फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘जेड जेडलाई उकास्ने तँ ? कलाकार भएर जेन-जेड तिर लाग्ने ? एक एक हिसाब राखिन्छ ।’
केही कलहरु रेकर्ड समेत गरेर राखेको गिरीले बताएका छन् । आन्दोलनका क्रममा साना साना बालकहरुको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखेपछि कोही मान्छे पनि चुप लागेर बस्न सक्ने अवस्था नभएको उनले बताएका छन् ।
