Gen-Z दमकल जान नसक्दा संसदको गेटको आगो फैलिँदै
काठमाडौं । जेनजी आन्दोलन भड्किएसँगै प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ ।
संसद भवनमा सुरक्षा तयारीको अभावका कारण गेटमा लागेको सानो आगो निभाउने कुनै उपाय नभएको त्यहाँ रहेका हाम्रा सहकर्मीले बताएका छन् । दमकल जान नसक्दा आगो फैलिइरहेको छ ।
