जेन जी आन्दोलनमा माओवादीको समर्थन, बल प्रयोग नगर्न सरकारलाइ चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेन जीले भोलि गर्ने भनेको प्रदर्शनमा समर्थन रहेको जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सामाजिक सञ्जाल रोक लगाउने सरकारको कदम गलत भएको उल्लेख गर्दै उक्त प्रदर्शनमा सरकारले बल प्रयोग गर्ने नगरोस् भन्दै चेतवानीसमेत दिएका छन् ।
