जेन जी प्रदर्शनलक्षित सुरक्षा नीति- जसरी आउँछन्, त्यसरी नै व्यवहार हुन्छ, १० बजेसम्म ट्राफिक डाइभर्सन हुँदैन
काठमाडौं । अहिले ९ बजेबाट शुरू हुने जेन जी प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीले काठमाडौंका मुख्य क्षेत्रमा आवश्यकताअनुसार सुरक्षा तैनाथी बढाएको छ ।
शान्तिपूर्ण प्रदर्शन भनिएका कारण बल प्रयोग गर्नुपर्ने अवस्था अहिलेसम्म नदेखिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए । यद्यपि, प्रदर्शन अराजक भयो, निषेधित क्षेत्रतर्फ अगाडि बढ्न थाल्यो भने पूर्वचेतावनीपछि बल प्रयोग हुनसक्ने उनले बताए ।
‘उहाँहरू जसरी आउनुहुन्छ, हामी पनि त्यसरी नै प्रस्तुत हुन्छौँ’, बोहराले भने, ‘हामीसँग सबैखाले सुरक्षा तयारी छ, विभिन्न टोलीलाई विभिन्न स्थानमा तयारी हालतमा राखिएको छ ।’
