सरकारमा टिक्नु मात्रै ठूलो होइन, कांग्रेसले लाखौँलाई रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आज नेपालका केटाकेटीहरूलाई देशभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्ने सपना देख्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका लागि सरकारमा टिक्नु र सरकारमा रहने नरहने भनेको गौण कुरा मात्रै हुनुपर्ने बताए।
उनले भने ‘आजको कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु। यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले कांग्रेस लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन्।’